पूजा महतोको अर्धशतकीय इनिङ्सको मद्दतले नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेको छ।
काठमाडौँ— आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।
जिम्बावेले दिएको १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा उपकप्तान पूजा महतोले अविजित अर्धशतकीय इनिङ्स खेलिन्। उनले ५० बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतमा ५२ रन जोडिन्। त्यस्तै, कप्तान इन्दु बर्माले २२, विन्दु रावलले १५ र सम्झना खड्काले ९ रनको योगदान दिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बावेका लागि केलिस ध्लोभुले ३६ बलमा ८ चौकासहित ५२ रनको अविजित इनिङ्स खेलिन् भने ओपनर विलोभ्ड बिजाले ३४ रन जोडिन्।
नेपालका लागि बलिङतर्फ रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारे।
यो जितसँगै नेपालको 'सुपर सिक्स' प्रवेशको झिनो सम्भावना कायमै रहेको छ। समूह चरणका सुरुवाती दुई खेलमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले अब लिगको अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्नेछ। उता जिम्बावे भने लगातार चार खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
