कतिमा हुँदैछ आज सुनको कारोबार?

आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन २ हजार ४ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ।

गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ।