मूल्य स्थिरता कायम गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउनुपर्ने, तरकारी, फलफूललगायत खाद्यान्नको उत्पादन मूल्यभन्दा बिचौलियाले गर्दा मूल्यमा उतारचढाव भएको प्रतिवेदनमा जनाइएको छ।
तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा २०१२ सालदेखि प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो।
विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिँदै गर्दा बारबर्दिया नगरपालिकाका इन्जिनियर मोहनदेव मल्ललाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
युरोपेली संघले इरानमा भइरहेको प्रदर्शनमा दमन गरेको आरोपमा १५ शीर्ष अधिकारी र ६ संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले फागुन १ गतेदेखि लागू हुने गरी प्रहरीको रासन स्केल बढाउने, राष्ट्रपतिको जापान भ्रमण स्वीकृत गर्नेलगायतका निर्णय गरेको छ।
प्रहरी हिरासतबाट फरार भएका व्यक्तिको नेतृत्वमा जेन–जी आन्दोलनपछि संगठित भएको १० जनाको लुटपाट गिरोहलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ।
अख्तियारले राप्ती स्वास्थ्य प्रतिष्ठानमा सिटी स्क्यान मेसिन किन्दा सात करोड ३१ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन उपकुलपति प्राडा. संगिता सिंह भण्डारीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
कोशी प्रदेश सरकारले माघ २५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्दै प्रदेश योजना आयोग गठन र जनता आवास कार्यविधि स्वीकृत लगायतका निर्णय गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन्।
बेलायत–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासुसी आरोप, युक्रेन युद्धमा रुसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो।
छापावाल सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ र त्यति नै चाँदी ७ हजार ५०५ रुपैयाँ कायम भएको छ।
दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
यो कटौती कम्पनीको व्यापक पुनर्संरचना योजनाको हिस्सा हो, जसमा अक्टोबरदेखि नै करिब ३० हजार रोजगारी कटौती गर्ने योजना थियो।
मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरूको संख्या धेरै रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाहरूमा पठाउने कार्य भइरहेको छ।
साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढ्दै २ हजार ७३१.८९ बिन्दुमा पुगेर बन्द भएको छ।
काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन्।
पवारसहित पाँच जना सवार विमान बारामतीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त विमान बिहान ८ बजे मुम्बईबाट उडेको थियो।
सुनको मूल्य एकैदिन ९ हजार ५०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि बढेको छ।
दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा भएको दुर्घटनामा स्थानीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको छ।