आइतबार नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुग्दा १३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार आएको छ। आज ५७.५५ अंक अर्थात् २.१२ प्रतिशतले बढेर नेप्से परिसूचक २७७२.१७ को विन्दुमा पुगेर बन्द भएको छ।
यस दिन ३३१ कम्पनीको तीन करोड नौ लाख कित्ता शेयर एक लाख ३३ हजार ५२९ वटा कारोबारमार्फत किनबेच हुँदा कुल १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन कारोबार भएकामध्ये २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटाको घटेको छ। एक कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन नौ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार ऊर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत् र त्रिशूली जलविद्युत् रहेका छन्।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ४३ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो। ग्रीन भेन्चर्सको ३९ करोड ५० लाख र शिवम् सिमेन्ट्सको ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आइतबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी ३.३५ प्रतिशतले बढ्दा जलविद्युत्, लगानी, जीवन बीमा र उत्पादनमूलक क्षेत्रको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
