अमेरिकामा भीषण हिउँदे आँधीका कारण जनजीवन अस्तव्यस्त बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ राज्यमा आपत्काल घोषणा गरेका छन् भने १३ हजारभन्दा बढी उडानहरू रद्द भएका छन्।
संयुक्त राज्य अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन प्रभावित भएको छ। शनिबारदेखि शुरू भएको आँधीले हजारौँ उडान रद्द हुनुका साथै सडकमा जमेको बरफले यातायात र विद्युत् आपूर्ति ठप्प पारेको छ।
मौसमविद् एलिसन सान्तोरेलीले हिउँ र बरफ पग्लन समय लाग्ने भएकाले उद्धार कार्य कठिन हुन सक्ने बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ राज्यमा आपतकाल घोषणा गरे। संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपतकालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको छ। होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले सबैलाई ‘सुरक्षित स्थानमा बस्न’ सल्लाह दिए।
भारी हिमपातका कारण प्रभावित क्षेत्रहरूमा एक लाख ४० हजारभन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ। टेक्ससको शेबली काउन्टीमा बरफले रुखहरू ढाल्दा करिब एक तिहाइ ग्राहक प्रभावित भएका छन्। लुजियानाको डेसोटो पेरिसमा पनि रुखका हाँगा भाँचिएका कारण आधाभन्दा बढी घरधुरी अन्धकारमा छन्।
शनिबार र आइतबार अमेरिकाभर १३ हजारभन्दा बढी उडान रद्द भएका छन्। प्रमुख विमानस्थलहरूमा उडान सेवामा ठूलो अवरोध देखिएको छ, जसमध्ये डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ७०० भन्दा बढी उडान रद्द भएका छन्।
मिडवेस्टमा सिरेटोसहितको चिसो (विन्ड चिल) माइनस ४० डिग्री सेल्सियससम्म पुगेको छ। मिनियापोलिसमा प्रदर्शनकारीहरू माइनस २१ डिग्री सेल्सियस तापक्रमको कठाङ्ग्रिँदो चिसोमा पनि सडकमा उत्रिएका थिए।
न्यासभिल, लुजियाना, डलास, ह्युस्टन, फिलाडेल्फिया र मेम्फिसमा विद्यालयहरू बन्द गरिएका छन्। ग्रान्ड ओले ओप्रीले शनिबारको प्रस्तुति दर्शकविहीन रूपमा सम्पन्न गरेको छ। मौसमविद् जोस विसका अनुसार यस आँधीको मुख्य विशेषता यसको व्यापक प्रभाव क्षेत्र र त्यसपछिको अत्यधिक चिसो हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
