यसअघि पनि यही शहरमा एक अध्यागमन एजेन्टले अमेरिकी नागरिक रेनी गुडलाई गोली हानी हत्या गरेको थियो।
अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा संघीय अध्यागमन अधिकारीहरूले गरेको गोलीबारीमा एक जनाको मृत्यु भएको छ। यस घटनापछि शहरमा विरोध प्रदर्शन शुरू भएको छ।
मिनेसोटाका सिनेटरले मृतक मिनियापोलिस निवासी अमेरिकी नागरिक ३७ वर्षीय एलेक्स प्रिटी रहेको बताएका छन्। उनी पेसाले एक नर्स थिए।
यसअघि पनि यही शहरमा एक अध्यागमन एजेन्टले अमेरिकी नागरिक रेनी गुडलाई गोली हानी हत्या गरेको थियो। त्यसको तीन हप्ताभन्दा कम समयमा अर्को त्यस्तै घटना दोहोरिनुलाई गम्भीर रूपमा लिइएको छ। अध्यागमन अधिकारीहरूको दादागिरी भनेर पनि टिप्पणी हुन थालेको छ।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले प्रिटीले कथित रूपमा हिंसात्मक प्रतिक्रिया जनाएकाले एजेन्टहरूले आत्मरक्षामा गोली चलाएको बताइन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसका मेयर तथा मिनेसोटाका गभर्नर टिम वाल्जलाई 'विद्रोह भड्काएको' आरोप लगाएका छन्।
गभर्नर वाल्जले संघीय एजेन्टहरूलाई राज्य छोड्न आग्रह गरेको बताए। घटनापछि मिनियापोलिसमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
