हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।
गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती, मधेश र कोशीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मंगलबार साँझ भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिममा वर्षा र हिमपात शुरू भएको छ भने बुधबार काठमाडौँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ।
मानव अधिकार आयोगले आसन्न निर्वाचनको पृष्ठभूमिमा सामाजिक सद्भाव र शान्ति सुरक्षामा खलल पुर्याउने गरी जिम्मेवार व्यक्तिहरूबाटै भइरहेका घृणाजन्य अभिव्यक्ति र अमर्यादित आरोप–प्रत्यारोपप्रति ध्यानाकर्षण भएको जनाएको छ।
अमेरिकामा हिमपात र हिउँ आँधीका कारण ३० जनाको मृत्यु हुनुका साथै पाँच लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
गणपति डिलक्स बसको केही भाग पानीबाट निकालिए पनि बाँकी खण्ड निकाल्न प्राविधिक कठिनाइ भएपछि उत्खनन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए।
महान्यायाधिवक्ता र महान्यायाधिवक्ताको कार्यालयविरुद्ध तथ्यहीन आरोप लगाएको अभियोगमा प्रहरीले युवराज सफललाई पक्राउ गरी अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान शुरू गरेको छ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा घृणाजन्य अभिव्यक्ति दिएको, गालीगलौज गरेको तथा बालबालिका प्रयोग गरेको भन्दै थप सात व्यक्ति तथा निकायसँग स्पष्टीकरण माग गरेको छ। हालसम्म १५ पक्षलाई स्पष्टीकरण सोधिँदा एउटाको मात्र जवाफ आएको आयोगको भनाइ छ।
जनवरीको मध्यदेखि रुसको साइबेरियाबाट आएको चिसो हावा मंगोलियाको ठूलो भू–भागमा फैलिएपछि जनजीवन प्रभावित भएको छ भने तापक्रममा भारी गिरावट आएको छ।
मंगलबार नेप्से परिसूचक ४२.५८ अंकले घट्दा सबै समूहका उपसूचक ओरालो लागेका छन् भने कारोबार रकम १४ अर्ब १६ करोडमा सीमित भएको छ।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
अख्तियारले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले जेनजी प्रदर्शनबारे गठित छानबिन आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गर्दै वन्यजन्तुको आक्रमण र भूकम्पपीडितले राहत नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
हाल भारत र युरोप दुवैले अमेरिकासँग व्यापारको विषयमा तनावको सामना गरिरहेका बेला यस ऐतिहासिक सम्झाैतालाई विशेष महत्वका साथ हेरिएको छ।
राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी स्वीकार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
ट्रम्पले गत वर्ष भएको व्यापार सम्झौतालाई दक्षिण कोरियाले 'राम्रोसँग कार्यान्वयन नगरेको' आरोप लगाएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिकतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्रिशूली नदी किनारमा पुरिएको अवस्थामा फेला परेको गणपति डिलक्स बसभित्र मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।
इरानमा प्रदर्शनकारीमाथि भएको दमनमा ५ हजार ८४८ जनाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएसँगै अमेरिकाले सैन्य सक्रियता बढाएपछि तेहरानले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।