मंगलबार साँझ भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिममा वर्षा र हिमपात शुरू भएको छ भने बुधबार काठमाडौँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ।
काठमाडौँ— मंगलबार साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण पश्चिम नेपालबाट वर्षा र हिमपात शुरू भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हाल बैतडी, दार्चुला र दोधारा चाँदनी क्षेत्रमा वर्षा तथा डोल्पा र हुम्लातिर हिमपात भइरहेको छ। उक्त प्रणाली सक्रिय हुँदै राति पूर्वतर्फ सर्ने र थप वर्षा तथा हिमपात हुने उनले बताए।
पौडेलका अनुसार बुधबार बिहानैदेखि देशभर बादल लाग्नेछ भने काठमाडौँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना छ। यो प्रणाली पूर्वतर्फ सर्दै जाँदा कोशी र मधेश प्रदेशमा भने तुलनात्मक रूपमा कम असर देखिने अनुमान गरिएको छ।
पछिल्लो एक घण्टामा दार्चुला र बैतडीमा ०.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। विभागले साँझ सार्वजनिक गरेको बुलेटिन अनुसार मंगलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बदली रहनेछ भने बाँकी पहाडी र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ। साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको समेत सम्भावना छ।
बुधबार दिउँसो देशभरको मौसममा बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बाँकी भू-भागमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
