AnonymousUser

Logout

मध्यपूर्वमा ५ हजार नेपालीले आफू असुरक्षित रहेको बताए

कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ५ हजारभन्दा बढी नागरिकले आफ्नो अवस्था असुरक्षित रहेको जानकारी गराएको उल्लेख गरे।

लगातार दोस्रो दिन पनि घट्यो शेयरबजार

आज नेप्से ४६.७८ अंकले घटेर दुई हजार ७९६.५७ विन्दुमा झरेको छ।

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

काठमाडौँलगायत प्रमुख शहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ।

नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकको ७ अर्ब ६४ करोड ऋण स्वीकृत

नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंकले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ।

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ।

समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको मत ५१ लाख ३९ हजार भन्दाबढी

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा हालसम्म एक करोड सात लाख ३९ हजार ११५ मतगणना भएको छ।

अफ्रिकन स्वाइन फ्लुको संक्रमणले पर्वतमा  ४६ वटा बङ्गुर मरे

पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण बढेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरू

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना शुरू भएको छ।

समानुपातिक मतगणना: एक करोड ७ लाख गणना हुँदा कुन दलले कति मत पाए?

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ।

पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।

प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ रास्वपाले कटायो ५१ लाख मत

समानुपातिकतर्फ रास्वपाले ५१ लाख मत कटाउँदा नेपाली कांग्रेसले १७ लाख र एमालेले १४ लाख मत प्राप्त गरेका छन्।

कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो, ९० उम्मेदवारको जमानत जफत

कर्णालीमा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थानमा छ।

अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड

अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन औषधि ऐन, २०३५ को संशोधन गर्दै स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

मध्यपूर्व तनाव: लेबनानमा एक साताभित्रै सात लाख मानिस विस्थापित

इजरायली आक्रमण र पछिल्लो सैन्य चेतावनीका कारण लेबनानमा एक साताभन्दा कम समयमा करिब सात लाख नागरिक विस्थापित भएका छन्।

मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

मंगलबार अपराह्न ४ः०० बजेसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १७४ पुगेको छ। यससँगै काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा असईविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति लिएको आरोपमा सुनसरी प्रहरीका असईविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

नेप्से परिसूचक ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार

नेप्से परिसूचकमा मंगलबार ३२.०८ अंकको गिरावट आए पनि साढे २१ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने

केही दिनयता देशका विभिन्न भागमा देखिएको तुवाँलो मंगलबारदेखि क्रमिक रूपमा हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मध्यपूर्वमा जारी तनावले इन्धन आपूर्ति प्रभावित हुँदा एशियाली देशमा तनाव

मध्यपूर्वमा जारी तनावले तेल आपूर्ति मार्ग प्रभावित हुँदा एशियाका विभिन्न देशमा इन्धनका लागि सर्वसाधारणले घण्टौँ लाइन बस्नुपर्ने र कतिपय स्थानमा हिंसात्मक झडपसमेत हुन थालेको छ।

बाँफिकोटस्थित सानीभेरी किनारमा भेटियो २ किशोरीको शव, १ बेपत्ता

रुकुम पश्चिमस्थित सानीभेरी नदी किनारमा दुई किशोरीको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्। छिमेकीको विवाहमा गएका उनीहरू घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।