AnonymousUser

Logout

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेको छ।

राहदानी विभागले नयाँ प्रणाली शुरू गर्दै, केही दिन सेवा प्रभावित हुनसक्ने

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्नेछ।

जुम्लामा सुत्केरीको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो।

इरान २०२६ को विश्वकपमा सहभागी नहुने

इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी नहुने बताएका हुन्।

देशका पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको छ।

किशोरी साहको नाम कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले धनुषा–१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

प्रतिनिधिसभा समानुपातिक सिट बाँडफाँट, कुन दललाई कति?

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै ‘थ्रेसहोल्ड’ पार गरेका ६ दललाई तीन दिनभित्र उम्मेदवारको नाम पेश गर्न निर्देशन दिएको छ।

कुमार पौडेल हत्या प्रकरणमा तत्कालीन सीडीओसहित १० जनामाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले कुमार पौडेल हत्या प्रकरणमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १० जनाविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाउन सरकारका नाममा परमादेश जारी गरेको छ।

आधा सिलिन्डर ग्यास बिक्री गर्ने निगमको निर्णय

आयल निगमले बजारमा ग्यासको माग अत्यधिक बढेपछि आपूर्ति व्यवस्थापन गर्न भन्दै आधा भरिएको ग्यास सिलिण्डर ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ।

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

देशका विभिन्न भागमा मौसममा आएको बदलीसँगै बिहीबार चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ।

शहरी क्षेत्रमा बढ्न थाल्यो तापक्रम

आगामी तीन दिन देशका अधिकांश शहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेप्से परिसूचक २३ अंकले बढ्यो, साढे १४ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ को बिन्दुमा पुगेको छ भने साढे १४ अर्बको शेयर कारोबार भएको छ।

बीमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पतालहरूलाई निर्देशन

स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आएका बीमितलाई अस्पतालबाहिर औषधि खरिद नगराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

कञ्चनपुरको महेन्द्रनगर–दैजी सडकखण्डमा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम रहेको छ।

विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो।

निर्वाचन प्रहरी आजबाट बिदा हुँदै

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाइ हुने भएको छ।

काठमाडौँको वायु प्रदूषण आज पनि उस्तै

स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार बिहान ८ :२२ बजेसम्म काठमाडौँको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९० रहेको छ।

कस्तो रहला आजको मौसम?

कोशी प्रदेशसहित बागमती र गण्डकी  प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबारदेखि माैसमी गतिविधि बढ्ने

बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएको महाशाखाले जनाएको छ।