समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपाको मत ५१ लाख ३९ हजार भन्दाबढी

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा हालसम्म एक करोड सात लाख ३९ हजार ११५ मतगणना भएको छ।

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा हालसम्म एक करोड सात लाख ३९ हजार ११५ मतगणना भएको छ।   

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३९ हजार २३५ मत पाएको छ।

नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख पाँच हजार ७७३ मत पाएको छ। श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत प्राप्त गरेको छ।