मंगलबार अपराह्न ४ः०० बजेसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १७४ पुगेको छ। यससँगै काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ।
काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिएसँगै प्रदूषणको मात्रा पनि बढ्न थालेको हो।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिएर प्रदूषण बढेको बताए। उनले यस्तो अवस्थामा अनावश्यक रूपमा घरबाहिर ननिस्कन र मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।
“केही समययता उपत्यकासहित मुलुकका अधिकांश स्थानमा मौसम सफा हुन सकेको छैन। घाम नलाग्नु, वर्षा नहुनु र हावा नचल्नुले समस्या थपेको छ”, उनले भने, “मौसम सफा हुनेबित्तिकै प्रदूषण पनि घट्नेछ। वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन जरुरी छ।”
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आजैदेखि मौसममा सुधार आउने र तुवाँलो हटेर जाने बताए। मौसम सफा भएपछि मात्रै वायु प्रदूषण कम हुने वातावरण विभागको भनाइ छ।
एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार मंगलबार अपराह्न ४ः०० बजेसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक १७४ पुगेको छ। यससँगै काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ।
वातावरणविद् भूषण तुलाधरले प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी र व्यापक जनचेतना आवश्यक रहेको बताए। एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्मको सूचकांकलाई ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्मको अवस्था ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ। १ ०१ देखि १५० सम्म ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्न सक्छ। १५१ देखि २०० सम्म ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० सम्म ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
