कर्णालीमा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थानमा छ।
सुर्खेत– प्रत्यक्षतर्फ पाँच सिटसहित कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि आफ्नो अग्रता कायम राखेको छ।
प्रदेश निर्वाचन कार्यालय, कर्णाली प्रदेशले सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ। कर्णालीमा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थानमा छ।
त्यसैगरी, नेकपा (एमाले) ले एक लाख २० हजार ८६३ मत र नेकपा (माओवादी केन्द्र) ले एक लाख सात हजार १०१ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ हजार ७५५, प्रगतिशील लोकतान्त्रिक पार्टीले आठ हजार ५३७, नेपाल मजदुर किसान पार्टीले पाँच हजार १३० र श्रम संस्कृति पार्टीले चार हजार ६७५ मत प्राप्त गरेका छन्।
९० उम्मेदवारको जमानत जफत
प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ। प्रदेशभर कुल १३८ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये ९० जनाको जमानत जफत भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए।
जमानत जफत हुनेमा सुर्खेत क्षेत्र नम्बर १ का १० र क्षेत्र नम्बर २ का १४ जना छन्। त्यस्तै, दैलेख क्षेत्र नम्बर १ का ६ र क्षेत्र नम्बर २ का ७ जना उम्मेदवारको जमानत जफत भएको छ। बाँकी जिल्लाहरूमा जाजरकोटका ८, सल्यानका १०, रुकुम पश्चिमका ९, कालीकोटका ६, जुम्लाका ६, मुगुका ४, डोल्पाका ६ र हुम्लाका ४ जना उम्मेदवारले आवश्यक मत कटाउन सकेनन्।
कार्यालयका अनुसार ३६ जना उम्मेदवारले त १०० मत पनि कटाउन सकेनन्। कर्णालीका १० जिल्लामा बदर मतको सङ्ख्या उच्च रहेको छ। प्रत्यक्ष र समानुपातिक गरी कुल ४३ हजार ५०० मत बदर भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
