देशको वायुमण्डलमा उच्चचापीय प्रणाली र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ३५ हजार ७४१ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेस हालसम्म १६ निर्वाचन क्षेत्रमा विजयी भएको छ।
भदौ २३ र २४ का घटनाबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १०७ क्षेत्रमा विजयी भएका छन्।
श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ९८ क्षेत्रमा विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्।
लेखक पशुपति घिमिरेको कृति ‘तीन महादेशका केही तरङ्ग’ सार्वजनिक भएको छ।
सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन्।
देशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ९४ क्षेत्रमा विजयी भएका छन्।
९० निर्वाचन क्षेत्रको नतिजामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७२, नेपाली कांग्रेसले १०, एमालेले चार, नेकपाले दुई तथा राप्रपा र स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा विजयी भएका छन्।
चितवनको कालिका नगरपालिका–९, दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको शव नेपाल ल्याई शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै संसदीय यात्रा शुरू गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा रास्वपा ५७ स्थानमा विजयी भएको छ भने एमाले हालसम्म ३ सिट मात्र जित्दै तेस्रो स्थानमा छ।
प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस हालसम्म ९ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने थप ९ स्थानमा उम्मेदवारहरूको अग्रता कायम रहेको छ।
प्रतिनिधिसभाको एकल निर्वाचन क्षेत्र रहेको खोटाङमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईलाई नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले पछ्याइरहेका छन्।