समानुपातिक मतगणना: एक करोड ७ लाख गणना हुँदा कुन दलले कति मत पाए?

प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ।

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भएको छ।

निर्वाचन आयोगले बुधबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ। रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, नेकपा एमालेले  १४ लाख ४८ हजार ३१८, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख ३ हजार ६२७ मत प्राप्त गरेको छ।

यसैगरी, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ र  राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४५७ मत प्राप्त गरेको छ।