रुकुम पश्चिमस्थित सानीभेरी नदी किनारमा दुई किशोरीको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्। छिमेकीको विवाहमा गएका उनीहरू घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
रुकुम पश्चिम– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ।
उनीहरूसँगै गएकी अर्की एक किशोरी भने अझै बेपत्ता छिन्। बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
उनका अनुसार १२ वर्षीया सपना ओलीको भने खोजी भइरहेको छ। उर्मिला र कल्पनाको शव ५०० मिटरको दूरीमा फेला परेको हो। उनीहरू हिजो छिमेकीको विवाहमा गएका थिए। घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोस्ट, छिनखेतबाट थप टोली पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
