इजरायली आक्रमण र पछिल्लो सैन्य चेतावनीका कारण लेबनानमा एक साताभन्दा कम समयमा करिब सात लाख नागरिक विस्थापित भएका छन्।
इजरायली आक्रमण र सामूहिक निकासी आदेशका कारण लेबनानमा एक साताभन्दा कम समयमा करिब सात लाख मानिस घर छोडेर भागेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो २४ घण्टामा मात्रै एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)की लेबनान प्रतिनिधि क्यारोलिना लिन्डहोम बिलिङले जनजीवन नराम्ररी प्रभावित भएको बताइन्। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “इजरायली हवाई आक्रमण र दर्जनौँ गाउँका बासिन्दालाई दिइएको निकासी चेतावनीका कारण लेबनानभरका बासिन्दा केही मिनेटमै घर छोड्न बाध्य छन्।”
उनका अनुसार लेबनानी सरकारको अनलाइन प्लेटफर्ममा छ लाख ६७ हजारभन्दा बढी मानिस विस्थापितका रूपमा दर्ता भएका छन्। “यो संख्या एकै दिनमा एक लाखले बढेको छ। सन् २०२४ को तुलनामा यो विस्थापनको गति अत्यन्तै तीव्र छ,” उनले थपिन्।
इरान समर्थित हिज्बुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान पनि मध्यपूर्वको युद्धमा तानिएको छ। लेबनानी अधिकारीहरूका अनुसार मार्च २ देखि जारी इजरायली आक्रमणमा कम्तीमा ४८६ जनाको मृत्यु भएको छ र एक हजार ३१३ जना घाइते भएका छन्। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का अनुसार मारिनेमध्ये ८४ जना बालबालिका छन्।
‘केही नलिई हतारमा भागे’ लिन्डहोम बिलिङका अनुसार करिब एक लाख २० हजार विस्थापित सरकारी सामूहिक स्थलमा आश्रय लिइरहेका छन् भने बाँकी आफन्त वा साथीभाइको शरणमा छन्। “धेरै जना दोस्रो पटक विस्थापित भएका छन्। उनीहरू बेरुत, माउन्ट लेबनान र बेकाका विभिन्न भागमा सुरक्षा खोज्दै लगभग केही नलिई हतारमा भागेका छन्,” उनले भनिन्।
यसैबीच, ७८ हजारभन्दा बढी सिरियाली लेबनानबाट आफ्नो गृहदेश फर्केका छन् भने सात हजार ७०० भन्दा बढी लेबनानीले पनि सीमा पार गरेका छन्। यूएनएचसीआरले आफ्ना आवश्यक वस्तुको भण्डार पुनःपूर्ति गर्न हतार गरिरहेको छ, तर हालसम्म आवश्यक बजेटको १४ प्रतिशत मात्र प्राप्त भएको छ।
“लेबनानी सरकार र अधिकारीहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता महत्त्वपूर्ण छ। हरेक दिन यो द्वन्द्व जारी रहँदा लाखौँ नागरिकले थप पीडा भोग्नुपर्ने र लेबनान तथा सिंगो क्षेत्र थप अस्थिर हुने खतरा छ,” बिलिङले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
