काठमाडाैँ उपत्यकासहित बागमती र कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ।
सरकारले मन्त्रालयको संख्या कटौतीदेखि सम्पत्ति छानबिनसम्मका योजना समेटिएको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ सार्वजनिक गरेको छ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशभर वर्षा भइरहे पनि आइतबारदेखि भने क्रमिक रूपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चन्द्रागिरि–१५ मा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ।
इनिशा विकको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न ढिलाइ भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरूले ‘डमी’ शवसहित सांकेतिक प्रदर्शन गरेका छन्।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा यो नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ।
सिंहदरबारस्थित निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ भने स्थिति नियन्त्रणमा लिन एक सेल अश्रुग्यास समेत प्रहार गरिएको छ।
कांग्रेसले भदौ २३ को घटनासँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने कुरा जनताले थाहा पाउनुपर्ने र जोसुकै संलग्न भए पनि कानूनी प्रक्रियाबमोजिम कारबाही हुनुपर्ने प्रस्ट पारेको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुनसक्ने अप्रत्याशित घटना रोक्न प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया र संस्थागत परामर्श अनिवार्य हुने तर्क गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको हतारको निर्णयले मुलुकमा पुनः द्वन्द्व तथा अस्थिरताको जोखिम बढाउन सक्नेतर्फ सचेत गराएकी छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको जनवर्गीय संगठनहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
इरान युद्धका कारण हुनसक्ने इन्धन अभावलाई मध्यनजर गर्दै अस्ट्रेलियाली सरकारले निजी क्षेत्रको आयातमा आर्थिक सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था गर्ने भएको छ।
नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।
नेपालमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरूले आफ्नो सम्मानजनक स्वदेश फिर्तीका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
सडक डिभिजन कार्यालय जुम्लाले लामो समयसम्म निर्माण कार्य अधुरै छाडेर आयोजना ओगट्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरेको छ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन वा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
शुक्रबार साँझको वर्षा र रोशी खोलामा आएको लेदोसहितको बाढीका कारण बीपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
साफ यू२० फुटबलमा घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै नेपाल समूह ‘ए’को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।
बनेपास्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताको १८ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा काभ्रेपलान्चोक जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।