AnonymousUser

Logout

सामाजिक सञ्जालमार्फत युद्धको अफवाह फैलाएको आरोपमा खाडीमा ११ नेपाली पक्राउ

पश्चिम एसियामा जारी द्वन्द्वका तस्वीर र भिडियो पोस्ट गरी त्रास फैलाएको आरोपमा विभिन्न खाडी मुलुकमा ११ जना नेपाली कामदार पक्राउ परेका छन् भने परराष्ट्र मन्त्रालयले उनीहरूको कानूनी प्रतिरक्षाका लागि समन्वय भइरहेको जनाएको छ।

ट्रम्पको चेतावनीलगत्तै इजरायलमा इरानको नयाँ क्षेप्यास्त्र प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै इरानले इजरायली शहरहरूलाई लक्षित गरी नयाँ क्षेप्यास्त्र प्रहार गरेको छ।

शैक्षिक सत्रअघि विद्यार्थी भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले वार्षिक परीक्षाको नतिजा नआउँदै र शैक्षिक सत्र शुरू नहुँदै विद्यालयहरूलाई नयाँ भर्ना नलिन र कानूनबमोजिम मात्र भर्ना प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ।

इरानको जेलमा रहेका अमृत झा ‘सकुशल’, पश्चिम एसियाको तनावले ३८ नेपालीको शव ल्याउन सकस

इरानमा कानूनी प्रक्रियामा रहेका नेपाली नागरिक अमृत झा सुरक्षित रहेको र पश्चिम एसियाको उडान अवरोधका कारण ३८ नेपालीको शव ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

घुस रकमसहित सशस्त्रका प्रहरी निरीक्षक पक्राउ

धनुषाको लालगढमा सडक निर्माणमा अवरोध पुर्‍याई ठेकेदारसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षकलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।

सभामुख पदका लागि डोलप्रसाद अर्यालले दिए उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन्।

प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।

कस्तो रहला आजको मौसम?

देशभरका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जानाएको छ।

मुग्लिन–मलेखु सडक थप तीन दिन राति बन्द गरिने

पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा चट्टान फुटाउने काम नसकिएकाले शुक्रबारदेखि पुनः तीन दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको छ।

२७ दिनपछि भेरी नदीमा इनिशाको अन्त्येष्टि

वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझेर भेरी नदीमा अन्त्येष्टि गरेका छन्।

ओली र लेखकलाई थप २ दिन हिरासतमा राख्न अनुमति

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि व्यवसायी दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको परिपत्र

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि प्रधानमन्त्री कार्यालयले सबै सरकारी निकायलाई निर्देशन दिँदै अनियमितता भएमा कार्यालय प्रमुखलाई नै जिम्मेवार बनाउने निर्णय गरेको छ।

गृहमन्त्रीले संसद्मा पेश गरे ३ अध्यादेश

प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्रीबाट तीन अध्यादेश पेश हुनुका साथै विभिन्न सांसदहरूले सुशासन, जेनजी आन्दोलनको छानबिन र जनअपेक्षाबारे आफ्ना धारणा राखेका छन्।

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधनलगत्तै इरानले इजरायलमाथि शृंखलाबद्ध क्षेप्यास्त्र आक्रमण गरेपछि मध्य इजरायलका विभिन्न क्षेत्र प्रभावित भएका छन्।

विद्युत् सम्झौता र अनुमतिपत्रमा कमजोरी खोज्न समिति गठन

ऊर्जा मन्त्रालयले विद्युत् खरिद सम्झौता र अनुमतिपत्रमा रहेका नीतिगत कमजोरी पहिचान गरी सुधार गर्न दुई वटा अध्ययन समिति गठन गरेको छ।

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, ८ अर्ब ८१ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २,०६१.२६ को बिन्दुमा कायम भएको छ।

व्यवसायी भट्ट प्रहरी नियन्त्रणमा

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि व्यवसायी दीपक भट्ट काठमाडौँको गैरीधाराबाट पक्राउ परेका छन्।

आजदेखि एसईई परीक्षा शुरू, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।