वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा यो नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ।
वीरगन्ज (पर्सा)— वीरगन्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन्। पछिल्लो समय पश्चिम एशियाका देशमा देखिएको संकटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ।
यसैबीच, वीरगन्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको छ।
कार्यालय मातहत पर्ने एकीकृत भन्सार जाँचचौकीको व्यवस्थापन गर्दै आएका टीआरएस हिमायन लजी पार्कका ‘अपरेसन हेड’ गणेश घिमिरेले गत फागुनदेखि चैत १३ गतेसम्मको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट वीरगन्ज नाका हुँदै भित्रिएका जानकारी दिए।
“गत माघमा एक हजार ४०३ वटा एलपी ग्यासका बुलेट भित्रिएका थिए”, उनले भने, “चैतको १३ गतेसम्म पनि ५७६ वटा बुलेट भित्रिएका छन्।”
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा यो नाका हुँदै २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलो एलपी ग्यास आयात भएको छ।
गत आर्थिक वर्षको सात महिनाको अवधिमा २४ अर्ब ६ करोड रुपैयाँ बराबरको २१ करोड ४२ हजार ७८१ किलो एलपी ग्यास आयात भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
