ओली पक्राउको विरोधमा माइतीघर क्षेत्रमा एमालेको प्रदर्शन

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीको जनवर्गीय संगठनहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ— नेकपा एमालेका कार्यकर्ताहरूले शनिबार माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेका २३ वटा जनसंगठनहरूले एकीकृत रूपमा प्रदर्शन गरेका हुन्।

null

प्रदर्शनकारीहरूले माइतीघरमा प्रहरी घेरा तोडेर सडकमा नाराबाजी गरेका थिए। उनीहरूले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरे। प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केही समय धकेलाधकेल भएको थियो, जसका कारण माइतीघर क्षेत्रको स्थिति असहज बनेको छ।

null

एमालेले आफ्ना अध्यक्ष ओलीलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको दाबी गर्दै विरोध जनाएको हो। ओलीको पक्राउको विरोधमा काठमाडौँका साथै देशका विभिन्न स्थानमा पनि कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन्।

null

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिसका आधारमा प्रहरीले शनिबार बिहान एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो।

null