पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुनसक्ने अप्रत्याशित घटना रोक्न प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुर्खेत— पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लाहरूमा एमालेले प्रदर्शन गरेको छ। आफ्ना अध्यक्षको तत्काल रिहाइको माग गर्दै सुर्खेत, जुम्ला, कालीकोट र दैलेखलगायतका जिल्लामा एमाले कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
जुम्लामा एमालेले राँके जुलुससमेत निकालेको छ। विभिन्न जिल्लाका एमाले नेताले सरकारले मुलुकलाई मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। एमालेको प्रदर्शनसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीको सुरक्षा व्यवस्था कडा पारिएको हो। पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुनसक्ने अप्रत्याशित घटना रोक्न प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश मातहतका सबै जिल्लामा सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले बताए। जिल्लाका प्रहरी प्रमुखसहित सम्पूर्ण कर्मचारीको बिदा स्थगित गरिएको र सबैलाई 'स्ट्यान्डबाई' बस्न निर्देशन दिइएको उनले जानकारी दिए।
कुनै पनि स्थानमा अप्रत्याशित घटना हुन नदिन र भइहालेमा तुरुन्त नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई पूर्ण तयारीमा राखिएको उनले बताए। आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्थापन सुदृढ गरिएको उनको भनाइ छ।
भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ परेपछि राजधानी काठमाडौँसहित देशभर विरोध प्रदर्शन भइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
