मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० को बिन्दुमा पुगेको छ।
कांग्रेसका सभापति गगन थापाले आगामी भदौ मसान्तभित्र १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गर्दै पार्टीले पाँच वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन्।
जेनजी मुभमेन्ट नेपालले कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरे शीतल निवास घेराउ गर्ने चेतावनी दिँदै सरकारलाई १३ गतेसम्मको समयसीमा दिएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको आणविक हैसियत 'अपरिवर्तनीय' रहेको घोषणा गर्दै दक्षिण कोरिया र अमेरिकासँगको सैन्य तनावका बीच आणविक प्रतिरोध क्षमतालाई थप सुदृढ बनाउने चेतावनी दिएका छन्।
झापाको दमक र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा बर्ड फ्लु संक्रमण देखिएपछि प्रशासनले पक्षीजन्य सामग्रीको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
काभ्रे जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणका लागि पीडितको नामावली सिफारिस गर्ने निर्णय गरेको हो।
डोटीको आदर्श गाउँपालिका-६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
माल्दिभ्समा जारी यू२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल भुटानमाथि २–१ गोल अन्तरले विजयी भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा शिकार खेल्न जाने क्रममा दुई साताअघि बेपत्ता भएका सुर्खेतका एक युवकको शव निकुञ्जभित्रै फेला परेको छ।
सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानमा महिलाहरूलाई प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा तीन छुट्टाछुट्टै स्थानबाट होटल सञ्चालकसहित आठ जनालाई नियन्त्रणमा लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको उल्लेख गर्दै पाँच दिनका लागि इरानी ऊर्जा पूर्वाधारमा हुने सैन्य आक्रमण स्थगित गर्न निर्देशन दिएका छन्।
बैंककबाट काठमाडौँ आएका एक थाई नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे तीन किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा शुरू भएको सुनुवाइ नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहर्दै’मा राखिएको छ।
न्युयोर्कको ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान र अग्नि-नियन्त्रक गाडी एकआपसमा ठोक्किँदा दुई पाइलटको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।
साताको पहिलो दिन उच्च अंकले बढेको शेयर बजारमा दोस्रो दिन सोमबार नेप्से परिसूचक ५.०१ अंकले वृद्धि भई २९३६.५६ को विन्दुमा कायम भएको छ।
रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा २ करोड रुपैयाँको लागतमा निर्मित प्रसूति केन्द्रको भवन प्रयोगमा नआउँदै पहिरोका कारण क्षतिग्रस्त भएको छ।
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।