साफ यू२० फुटबलमा घरेलु टोली माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै नेपाल समूह ‘ए’को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ– साफ यू२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।
मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा शुक्रबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरीमा रोकेपछि शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो।
नेपालका लागि निशानराज लावतले गोल गरे भने माल्दिभ्सका लागि कप्तान मोहम्मद इमरानले गोल फर्काए।
यस बराबरीसँगै नेपालले अपराजित रहँदै समूह चरणका खेलहरू पूरा गरेको छ। यसअघि नेपालले समूह चरणका खेलहरूमा भुटान र श्रीलंकालाई पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
