अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको समयसीमा बढाए पनि इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी सैन्य उपस्थिति भएका स्थानहरू निशानामा पर्न सक्ने भन्दै सर्वसाधारणलाई ती क्षेत्र छाड्न चेतावनी दिएको छ।
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण काठमाडौँसहित देशभरको मौसम बदली भई सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छन्।
सरकारले शिक्षामन्त्री सस्मित पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोक्दै जेन–जी आन्दोलनको जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले पदभार ग्रहण गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बधाई दिँदै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
इजरायल र इरानबीचको सैन्य आक्रमणले क्षेत्रीय युद्धको जोखिम बढाइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता सकारात्मक रूपमा अघि बढिरहेको दाबी गर्दै सम्भावित आक्रमणलाई अस्थायी रूपमा स्थगित गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) बमोजिम आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने मुख्य कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताएकी छन्।
निकोलस मदुरोलाई दोस्रो पटक सुनुवाइका लागि बिहीबार न्यूयोर्कस्थित एक अदालतमा उपस्थित गराइएको छ। मदुरोसँगै उनकी पत्नी सिलिया फ्लोरेसलाई पनि तीन महिनादेखि ब्रुकलिनको जेलमा राखिएको छ।
रास्वपाले सभामुखलगायत संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्व र पदाधिकारीहरूलाई दिने निर्णय गरेको छ।
नवनिर्वाचित युवा सांसदहरूले नयाँ पुस्ताको परिवर्तनको आकांक्षालाई सदनमा प्रमुख अजेण्डाका रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा बिहीबार पनि सुनुवाइ नसकिएपछि 'हेर्दाहर्दै'मा राखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन भएका छन्।
बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ को विन्दुमा कायम भएको छ भने १३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
बांग्लादेशको पद्मा नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।