इरान युद्धका कारण हुनसक्ने इन्धन अभावलाई मध्यनजर गर्दै अस्ट्रेलियाली सरकारले निजी क्षेत्रको आयातमा आर्थिक सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था गर्ने भएको छ।
पश्चिम एशियामा भइरहेको संघर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्न अस्ट्रेलियाली सरकारले नयाँ इन्धन सुरक्षा उपायअन्तर्गत इन्धन आयातमा ग्यारेन्टी दिने भएको छ। उक्त घोषणा प्रधानमन्त्री एन्थोनी अल्बानीजले शनिबार गरेका हुन्।
अल्बानीज र ऊर्जामन्त्री क्रिस बोवेनले सिड्नीमा पत्रकारहरूलाई जानकारी दिँदै सोमबारदेखि संघीय संसद्मा नयाँ विधेयक प्रस्तुत गरिने बताए। यस विधेयकले निजी क्षेत्रद्वारा इन्धन, मल तथा अन्य आवश्यक वस्तुहरूको खरिदमा विद्यमान 'निर्यात क्रेडिट एजेन्सी'मार्फत सरकारी ग्यारेन्टी प्रदान गर्न अनुमति दिनेछ।
अल्बानीजले भने, “सरल भाषामा भन्नुपर्दा, हामी इन्धनको आपूर्ति प्रणालीमा थप मद्दत पुगोस् भनेर सरकारी ग्यारेन्टी दिनेछौँ। सरकारको यो सहयोग सामान्य व्यापार जस्तो हुने छैन; यो अन्तर्राष्ट्रिय बजारमा उपलब्ध अतिरिक्त आपूर्तिका लागि मात्र हुनेछ।”
उनले नयाँ उपायहरूले अतिरिक्त आपूर्ति सुनिश्चित गर्ने आयातकर्ताहरूको आर्थिक जोखिम कम गर्ने बताए। यो घोषणा अस्ट्रेलियामा इन्धनको मूल्य आकासिएको र विभिन्न क्षेत्रमा अभाव देखिएको समयमा आएको हो।
मन्त्री बोवेनले शनिबारसम्मको तथ्यांकअनुसार राष्ट्रिय भण्डारणमा पेट्रोल ३९ दिन, डिजेल ३० दिन र जेट इन्धन ३० दिनका लागि मात्र पर्याप्त रहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
