AnonymousUser

Logout

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।

सेतो मच्छिन्द्रनाथ जात्रा आजदेखि शुरू

रथमा चैते दशैँका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा शुरू हुने परम्परा छ।

वीरगन्ज भन्सारबाट एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

वैशाखयता देशभर ७ हजार २३१ विपद्का घटना, ४ सय ७९ जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशखयता भएका विपद्का घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्।

कस्तो रहला आजको मौसम?

गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

इन्धन मूल्यवृद्धिपछि गाडीभाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी

मूल्यवृद्धिपछि तत्काल भाडा समायोजनको माग गर्दै सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको महासंघले जनाएको छ।

२४ अंकले घट्यो शेयरबजार

आज नेप्से परिसूचक २४ .४५ अंकले घटेर दुई हजार ९३५ .९४ को विन्दुमा कायम भएको हो।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शितल निवासमा प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

१४ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयँमा कारोबार भएको छ।

लागूऔषधसहित चारजना पक्राउ

काठमाडौँ महानगरपालिका-१६ बालाजु चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना र मोरङको पथरीबाट एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

उद्योग वाणिज्य महासंघको निर्वाचनमा निराजन चलाउनेको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि युवा व्यवसायी नीराजन बहादुर चलाउनेले कार्यसमिति सदस्य (वस्तुगत तर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

श्रीलंकामा इन्धन र ऊर्जा खपत घटाउन नयाँ निर्देशिका जारी

पश्चिम एसियामा बढ्दो तनावका कारण इन्धन आपूर्तिमा अवरोध आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै श्रीलंका सरकारले सार्वजनिक क्षेत्रमा इन्धन र बिजुली खपत घटाउन नयाँ निर्देशिका जारी गरेको छ।

लहानका मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

नेपाल खुला दिसामुक्त घोषणा भएको साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर समुदाय जग्गा र आवास अभावका कारण अझै पनि आधारभूत शौचालयको पहुँचबाट वञ्चित छन्।

मोरङका ५ पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि

मोरङका पाँच वटा पोल्ट्री फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि प्रशासनले पक्षी र पक्षीजन्य सामग्री नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ।

यस्तो छ गगनले पेस गरेको कांग्रेस १५औँ महाधिवेशन कार्यतालिका

कांग्रेस सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय समितिमा पेस गरेका छन्।

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५९ प्रतिशत मात्र मतदान भएपछि प्रयोगविहीन भएका करिब ४० प्रतिशत मतपत्रलाई कानूनी प्रक्रिया पुर्‍याएर धुल्याउने तयारी गरिएको छ।

रविको अभियोग संशोधन गर्ने निर्णयविरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय  निर्णयविरुद्धको रिटमाथि बहस नसकिएपछि बिहीबारका लागि पेसी तोकिएको छ।

ठगी आरोपमा ‘तेल भिसा’ फिल्म निर्माता शिवराज कार्की पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा करिब २५० जनालाई ठगी गरेको अभियोगमा ‘तेल भिसा’ चलचित्रका निर्माता शिवराज कार्कीलाई स्वयम्भूबाट नियन्त्रणमा लिएको छ।

पानी नीति र आपूर्ति प्रणाली महिलामैत्री बनाउन विज्ञको सुझाव

विश्व पानी दिवस २०२६ को अवसरमा आयोजित कार्यशालाका वक्ताहरूले नेपालको जल नीति र वितरण प्रणालीलाई महिलामैत्री बनाउन सके मात्र आर्थिक–सामाजिक समानता हासिल हुने धारणा राखेका छन्।