AnonymousUser

Logout

सर्वोच्चद्वारा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न अस्वीकार

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गरिएको रिटमा आदेश जारी गर्न अस्वीकार गरेको छ भने सरकारसँग पक्राउको लिखित कारण माग गरेको छ।

नेप्से परिसूचकमा दोस्रो दिन पनि उच्च अंकको गिरावट

सोमबार पनि नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा सीमित भएको छ।

तत्काल गर्नुपर्ने कामबारे सांसदहरूसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले कोशी र कर्णाली प्रदेशका सांसदसँग सिंहदरबारमा भेटघाट गरी सम्बन्धित क्षेत्रका समस्या र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन्।

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

पहाडी र हिमाली भूभागमा वर्षाको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

शिक्षा मन्त्रालयले भन्यो– ‘ब्रिज कोर्स’का नाममा हुने कार्यक्रम बन्द गर्नू

विद्यार्थीमा पर्ने मनोवैज्ञानिक र आर्थिक बोझ पर्ने भन्दै शिक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ‘ब्रिज कोर्स’ र प्रवेश परीक्षा तयारीका नाममा हुने सबै कार्यक्रम बन्द गर्न निर्देशन दिएको छ।

इनिशा हत्या घटनामा चारै जनाविरुद्ध मुद्दा दायर

सुर्खेतकी इनिशा विकको हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले चारैजना अभियुक्तलाई सामूहिक बलात्कार र कर्तव्य ज्यानको अभियोग लगाउँदै आइतबार अदालतमा मुद्दा दायर गरेको छ।

दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा पेस गर्न आदेश

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटलाई सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

दूरसञ्चार प्राधिकरणले थाल्यो बेटिङ एप र वेबसाइट बन्द गर्ने प्रक्रिया

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेटिङ एप र वेबसाइट बन्द गर्न निर्देशन दिएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले ती प्रणाली बन्द गर्ने प्रक्रिया शुरू गरेको छ।

नेकपाको संसदीय दलको नेतामा दाहाल चयन

नेकपाको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन्।

ओली र लेखकलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइ माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

हृदयको धड्कनमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका एमाले अध्यक्ष केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पतालमा चिकित्सकको निगरानीमा छन्।

नेप्से परिसूचकमा ७१ अंकको गिरावट, १५ अर्बको कारोबार

नयाँ सरकार गठनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ७१.०५ अंकले घटेर २,८७९.११ को बिन्दुमा झरेको छ भने १५ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कालिका नगरपालिकाको आफ्नै भवन, निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई करोडौँ जरिबाना

चितवनको कालिका नगरपालिकाले चार पटकसम्म म्याद थपेर ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिबाना तिराउँदै ६ वर्षपछि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा शुरू गरेको छ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको हो।

कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो।

युद्ध शुरू भएयता शनिबार इरानमा सबैभन्दा धेरै आक्रमण

एजेन्सीको रिपोर्ट अनुसार यी मध्ये ७४ प्रतिशत आक्रमण इरानको राजधानी तेहरानमा भएका छन्।

कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन

पोखरा भ्रमण वर्षलाई लक्षित गरेर यसअघि समितिले मर्स्याङ्दी र सेती नदीमा पनि र्‍याफ्टिङको प्रवर्द्धन गरेको थियो।