AnonymousUser

Logout

नेपाली सेनाका रथी श्रेष्ठ शान्ति मिसनको फोर्स कमान्डर नियुक्त

सुडानमा रहेको यो मिसनको फोर्स कमान्डर यसअघि सुडानका उपरथी रोबर्ट याव अफ्राम थिए। फोर्स कमान्डरका लागि सैनिक अधिकृतहरूलाई विश्वव्यापी रूपमा खुल्ला प्रतिस्पर्धा गराइन्छ।

रुसमा मूल्यवृद्धि ६ प्रतिशतमा झर्ने अनुमान

रुसको कुल घरेलु उत्पादन यस वर्षको पहिलो नौ महिनामा एक प्रतिशतले बढेको छ।

भ्यालेन्सिया म्याराथनमा भाग लिन सन्तोषी श्रेष्ठ स्पेन प्रस्थान

धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई भ्यालेन्सिया म्याराथनका लागि छनोट गरिएको हो।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

बेमौसमी वर्षाले कृषि उत्पादन घट्ने, साढे तीन अर्बभन्दा बढीको क्षति

कृषि मन्त्रालयमा बुझाइएको प्रतिवेदनअनुसार, बेमौसमी वर्षाबाट प्रभावित पाँच वटा प्रदेशमा विशेषगरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब एक लाख २७ हजार ३८३ मेट्रिक टन उत्पादन घट्ने देखिन्छ।

नेपाल चाइनिज ताइपेसँग पराजित

इन्डोनेसियामा भएको खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको छ।

काठमाडौँ महानगरमा आगलागीजन्य घटना नियन्त्रण गर्न ‘ड्राइराइजर’ प्रणाली प्रयोगमा

पञ्चकुमारी मार्गस्थित जनगल्लीसम्म बिछ्याइएको ड्राइराइजर प्रणालीको सफल परीक्षणपछि उक्त प्रणालीमार्फत काम शुरू गरिएको काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागका विष्णुप्रसाद जोशीले जानकारी दिए।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो।

रोसिङटनको शतकमा पोखराको जित, कर्णाली ३४ रनले पराजित

पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १६७ रन मात्र बनाउन सक्यो।

वाइडबडी प्रकरण: अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा दियो पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

एआईले धनी–गरिबको असमानता अझ बढाउन सक्ने चेतावनी

प्रतिवेदनका अनुसार, एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकता र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो असमानतालाई घटाउने ठोस कदम नचालेसम्म यस प्रविधिको अधिकांश लाभ धनी राष्ट्रहरूले नै प्राप्त गर्ने सम्भावना बढी छ।

कारको ठक्करबाट १ जनाको मृत्यु, ट्राफिक प्रहरीसहित २ घाइते

काठमाडौँको केशरमहलमा भएको कार दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने ट्राफिक प्रहरीसहित दुई जना घाइते भएका छन्।

देवी भट्टचन जोडिएको मुद्दामा एक जना पुर्पक्षका लागि थुनामा, अर्का एक जनासँग धरौटी माग

प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवी भट्टचन जोडिएको मुद्दामा अदालतले प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ भने पूर्वशेयरधनी रामबाबुप्रसाद जयसवालसँग सात लाख धरौटी माग गरेको छ।

डा. अमर गिरीका एकैसाथ दुई साहित्यिक कृति सार्वजनिक

डा. अमर गिरीका कवितासंग्रह ‘रातमा कलम’ र चिन्तनपरक निबन्धसंग्रह ‘समय, शब्द र संवाद’ सार्वजनिक भएका छन्।

भोजपुरमा एम्बुलेन्स दुर्घटना, गम्भीर घाइते दुवैलाई काठमाडौँ रेफर

एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

जाडो बढ्दै जाँदा भरतपुर अस्पतालमा रुघाखोकीका बिरामीको चाप उच्च

बालरोग विशेषज्ञ डा. खेम पौडेलका अनुसार चिसो खान नदिने, बिहान र साँझ बाहिर हिँडडुल गर्न नदिने, लामो र न्यानो कपडा लगाइदिने तथा झोलिलो र ताता कुरा खान दिने जस्ता कार्यले बालबालिकालाई मौसमी रोगबाट बचाउन सकिन्छ।

नेप्से परिसूचकमा झिनो अंकको गिरावट, ४ अर्ब ४८ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० को विन्दुमा कायम भएको हो।

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित

साबिक विजेता जनकपुर बोल्ट्सले एनपीएलको जारी संस्करणमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ।

बाजुराको मार्तडीमा आगलागी, फर्निचर उद्योग र ग्यारेजमा क्षति

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ।

३ दिनदेखि बेपत्ता व्यक्तिको गाडीसहित शव फेला

शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा इन्ट्री भएपछि उनी त्यही रातदेखि सम्पर्कविहीन भएका थिए।