देशभरको मौसम मुख्यतया सफा रहने

दिउँसो कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसका कारण मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। राति देशभर आंशिक बदली रहने विभागको पूर्वानुमान छ।