कहिले सफा होलान् काठमाडौँका नदी? [तस्वीरहरू]

विभिन्न नाममा सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहे पनि काठमाडौँ उपत्यकाका नदीमा फोहोर उस्तै छ।

कहिले सफा होलान् काठमाडौँका नदी? [तस्वीरहरू]
सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँ उपत्यकाका नदीमा वर्षौंदेखि फोहोर थुप्रिरहेका छन्। सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहल भइरहे पनि सफा हुन सकेको छैन। 

अझै पनि नदीमै फोहोर फालिरहेको देख्न सकिन्छ। प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्रीलगायतले नदीका सतह र किनार दुवै छोपिएका छन्।

null

नदीको किनार वा फोहोरबीच कुकुर, चराहरू, गाई भैँसीजस्ता जनावर पनि देखिन्छन्। यसले समस्या कति जटिल बन्दै गएको छ भन्ने संकेत दिन्छ। 

प्रदूषण बढ्दै जाँदा पानी गुणस्तर झनै कमजोर बन्दै गएको छ। जसले वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैलाई दीर्घकालीन जोखिममा पुर्‍याइरहेको छ।

nullnullnullnull