‘नेपालभन्दा बाहिर रहेका नेपाली पनि हाम्रै नागरिक हुन्, उनीहरूको पनि अधिकार छ, उहाँहरूलाई पनि जोड्नुपर्छ, छोड्नुहुन्न भन्ने इच्छाशक्ति र भावना राख्ने हो भने प्रवासी मताधिकार सम्भव छ।’
यस मामिलामा, बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले गत महिना राजीनामा दिएका थिए। के हो पानोरामा विवाद?
नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ बराबर रहेको छ।
विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत विरुद्धको पतञ्जलि जग्गा अनियमितता प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णयसहितको फाइल झिकाउन आदेश जारी गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ।
प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार अधिकारीमाथिको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि उच्च अदालत पाटनले पुनः पाँच दिनको म्याद थप गरेको छ।
सरकारले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म ओसारपसार गर्न पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकका अनुसार कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको छ।
एसीसी यू१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपाल बांग्लादेशसँग सात विकेटले पराजित भएको छ।
एमाले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ को बिन्दुमा कायम भएको हो।
संसद्को निष्क्रियता र राजनीतिक अस्थिरताका कारण महालेखाका प्रतिवेदनहरूमाथिको संसदीय छलफल रोकिएको छ। अघिल्ला प्रतिवेदनमाथिको छलफल नटुंगिँदा नयाँ प्रतिवेदनमा पुरानै बेरुजु दोहोर्याएर उल्लेख गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता श्रीकुमार राईको भनाइ छ।
केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएरै प्रतिस्पर्धा गर्ने भएकाले उम्मेदवारको संख्या धेरै हुने देखिएको छ।
विगतमा भिन्नभिन्न समूहमा रहेको एनआरएनए एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले १२औँ एकता महाधिवेशन फागुन ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो।
उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो २:३० बजे हुनेछ। त्यसपछिको आधा घण्टा उम्मेदवारका विरुद्ध उजुरी दिने समय तोकिएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्यानबेराले लामो समयदेखि यहुदी विरोधी भावनालाई बढ्न दिएको आरोप लगाएका छन्।
भू–उपयोग वर्गीकरणका लागि २६१ स्थानीय तहले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी कित्तागत विवरण सम्पन्न गरेका छन्।
अख्तियारले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा. सञ्जय शर्मावसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको छ।
ट्रम्पले वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ बताए पनि मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार बेहोर्न सक्ने संकेत दिएका छन्।