AnonymousUser

Logout

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मंसिर २० देखि

निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ।

हङकङ आगलागी छानबिन गर्न स्वतन्त्र समिति गठन हुने

भवन निर्माण तथा नवीकरण प्रणालीका कमजोरी गहन रूपमा समीक्षा गरी भविष्यमा यस्ता त्रासदी दोहोरिन नदिने उद्देश्यले न्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गर्ने तयारी छ।

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ।

काठमाडौँमा ‘सडक एम्बुलेन्स’ [तस्वीरहरू]

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने कार्यालयको विश्वास छ।

३ महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब रेमिट्यान्स

चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।

शहरी क्षेत्रका खुला स्थान संरक्षण गर्न माग

शहरी क्षेत्रमा कम्तीमा ५ प्रतिशत हरियाली पार्कसहतिको खुला ठाउँ हुनुपर्ने उपत्यका विकास प्राधिकरणको नीति छ।

देशका अधिकांश स्थानको मौसम सफा रहने

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

हङकङको आवासीय भवनमा आगलागीपछि १३ जना पक्राउ

हङकङको वाङ फुक कोर्टमा भएको आगलागीको घटनामा लापरबाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित ३ जना पक्राउ

प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

देवी भट्टचन, कुसुम लामासहित ७ जनाविरुद्ध ठगी र राष्ट्र बैंक ऐन कसुरमा मुद्दा दायर

ठगी तथा राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा प्रभु मनी ट्रान्सफरका अध्यक्ष देवीप्रकाश भट्टचन, प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामासहित सात जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेशसभाबाट २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ।

भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी गर्ने फैसला सुनाएको छ।

एसीसी यू१९ प्रिमियर कपको उपाधि यूएईलाई, नेपाल २७ रनले पराजित

नेपाललाई २७ रनले पराजित गर्दै आयोजक यूएईले एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।

प्रभु बैंकका सीईओ शेरचनसहित ३ जनामाथि अनुसन्धानका लागि ५ दिन म्याद थप

उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरेको छ।

महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने कांग्रेसको निर्णय

कांग्रेसले १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक ४.२८ अंक घटेर २,६४५.२४ को विन्दुमा कायम भएको छ भने कारोबार रकम चार अर्ब ७१ करोड रुपैयाँमा सीमित रह्यो।

काठमाडौँमा १० देशका कलाकारका चित्रकला प्रदर्शन

चित्रकला प्रदर्शनमा नेपालसहित भारत, बांग्लादेश, घाना, बेलायत, अमेरिका, जापान, रुस, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना प्रस्तुत गरिएका छन्।

शेख हसिना र बहिनीकी छोरी सिद्दिक भ्रष्टाचारमा दोषी ठहर

भ्रष्टाचार मुद्दामा ढाकाको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई पाँच वर्ष र उनकी बहिनी शेख रेहानालाई सात वर्ष र उनी छोरी ट्युलिप सिद्दिकलाई दुई वर्षको जेल सजाय सुनाएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो।

सुनचाँदीको मूल्य बढ्यो

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।