आन्ध्र प्रदेशमा शुक्रबार यात्रुवाहक बस सडकबाट चिप्लिएर खोलामा खस्दा ९ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएका छन्।
दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रबार यात्रुवाहक बस सडकबाट चिप्लिएर खोलामा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएका छन्। प्रहरीका अनुसार, घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
दुर्घटना आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तरपूर्वमा रहेको अल्लुरी सीताराम राजु जिल्लाको तुलसीपाकालु गाउँ नजिकै भएको जनाइएको छ। प्रहरीका अनुसार बसमा ३५ जना यात्रु, दुई जना चालक र एक जना क्लिनर सवार थिए।
दुर्घटनालगत्तै मारेदुमिली र चिन्टुर प्रहरी स्टेसनका टोलीहरू घटनास्थलमा पुगी स्थानीयहरूसँग मिलेर उद्धार कार्य शुरू गरेका थिए। पीडितहरूलाई अरकु उपत्यकाबाट यात्रा गर्ने स्थानीय पर्यटकका रूपमा पहिचान गरिएको छ। उनीहरू भद्राचलम मन्दिरमा दर्शन गर्नका लागि जाँदै थिए।
प्रहरीले दुर्घटनाको अनुसन्धानको आदेश दिइसकेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले जंगलले घेरिएको बाटोको तीव्र मोडमा नियन्त्रण गुमाउँदा बस सडकबाट पल्टिएर ठाडो ढलानबाट खस्दा दुर्घटना भएको देखाएको छ। बाक्लो कुहिरोका कारण बस चालकले सडक स्पष्ट नदेखेकाले खोलामा झरेको हुन सक्ने एक प्रहरी अधिकारीले बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
