महाशाखाका अनुसार आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेको थियो।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चारमध्ये एक खेल मात्र जितेको छ। कर्णाली दुई अंकका साथ छैटौँ स्थानमा छ।
सुक्खा मौसम शुरू भए लगत्तै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स तथा सेबु प्यासिफिकलगायत क्यारियरहरूले समेत उडान डिले, रद्द र पुनः बुकिङका जानकारी क्रमशः सार्वजनिक गरिरहेका छन्। फिलिपिन्समा मात्र शनिबार ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो।
पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पहिचान सम्मान र गणेशकुमार राई (गीलुरातोस)लाई पहिचान युवा सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
प्रहरीले काठमाडौँबाट रिभल्बरसहित एक जनालाई पक्राउ गरेको छ।
जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको सुदूरपश्चिम रोयल्सले अपराजित यात्रा कायम राख्दै लगातार पाँचौँ जित हासिल गरेको छ।
दुर्घटनापछि स्कुटरमा सवार दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
बाढीले तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा पर्दा त्यहाँ आश्रय लिइरहेका लगभग तीन हजार परिवारसमेत विस्थापित भएका छन्।
मन्थली नगरपालिका–९, पुरानागाउँमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
विभागका स्ट्रक्चर इन्जिनियर सन्तोष पाण्डेयका अनुसार बेसमेन्ट खनेका कारण आफ्नो घर चर्किएको भनेर उजुरी दिनेहरूको संख्या दैनिक ३० को हाराहारीमा पुगेको छ।
शनिबारको सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै एशिया कपमा स्थान सुरक्षित गरेको छ।
लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
डिसेम्बरमा अन्तिम पटक कोटा वृद्धि गरेपछि ओपेक प्लसले सन् २०२६ को पहिलो त्रैमासमा उत्पादन समायोजन नगर्ने निर्णय गरेको छ।
लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग। बीचबीचमा भेटिने अनुपम झरना र हिमशृंखलाले पर्यटकलाई आकर्षित गर्छन्।
अपराजित रहेको सुदूरपश्चिम तालिकाको पहिलो स्थानमा छ। आजको खेल जितेर प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ।
गण्डकी र कर्णालीको उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भन्ज्याङ बजारमा विद्युत् सर्ट हुँदा लागेको आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
एनपीएलअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा विराटनगरले कर्णालीलाई तीन विकेटले पराजित गर्यो।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली काठमाडौँ उपत्यकाका तारे होटलबाट शुरू गरी विमान कम्पनी, ट्राभल्स एजेन्सी, मनी एक्सचेन्जर हुँदै अन्य सार्वजनिक तथा निजी सेवामा क्रमशः लागू गरिने अध्यागमन विभागले जनाएको छ।