AnonymousUser

Logout

कांग्रेस विशेष महाधिवेशन: ६२ प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको पहिलो दिन आइतबार साँझसम्म ६२ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।

कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र भोलि बिहान ८ बजेदेखि, गगनले राजनीतिक र विश्वप्रकाशले सांगठनिक प्रतिवेदन पेस गर्ने

नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहान ८ बजेदेखि शुरू हुने बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले राजनीतिक र महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

समानुपातिकतर्फका उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगको सूचना

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारहरूलाई नाम फिर्ता लिन चाहे निवेदन दिन आह्वान गरेको छ।

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको मनहरी–९ ज्यामिरेमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय सूर्यबहादुर मोक्तानको उपचारका क्रममा मृत्यु भएको छ।

इस्लामाबादमा वैवाहिक समारोहमा ग्यास विस्फोट, नवदम्पतीसहित ८ जनाको मृत्यु

पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित विवाह समारोहपछि आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा नवविवाहित दम्पतीसहित कम्तीमा आठ जनाको मृत्यु भएको छ।

त्रिशूली नदी किनारमा बसको अवशेष फेला

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल पारिपट्टि फेला परेको बसको अवशेष गत वर्ष असार २८ गते त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसमध्येकै एक हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

कांग्रेस विशेष महाधिवेशन: प्रतिनिधिको नाम दर्ता जारी

उद्घाटनअघि बिहान ११ बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्‍याली निकाल्ने तयारी छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै दिवस मनाउने गरिन्छ।

पाल्पामा २ मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जलवायु परिवर्तनको असर: मनाङमा जडीबुटी उत्पादन घट्दै

मनाङमा जलवायु परिवर्तन र समयमा हिमपात नहुँदा जडीबुटी उत्पादनसँगै राजस्व संकलनमा समेत गिरावट आएको छ।

इरानमा प्रदर्शनको दुई हप्ता: दमन र ब्ल्याकआउटका बीच पनि रोकिएन विरोध

इरानमा गत डिसेम्बर २८ देखि रियालको अवमूल्यनपछि शुरू भएको आन्दोलन इन्टरनेट बन्द र सुरक्षाकर्मीको बढ्दो दमनका बीच दुई हप्तादेखि जारी छ। प्रदर्शनकारीहरूले भाँडा बजाएर र आगो बाली सरकारविरोधी भावना व्यक्त गरिरहेका छन्।

कुलमान घिसिङ बने उज्यालो नेपालको अध्यक्ष

रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको नेतृत्व सम्हालेका कुलमान घिसिङले रास्वपाले १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ता भित्र्याएको र एकपक्षीय रूपमा सहमति तोडेको आरोप लगाएका छन्।

ट्रम्पलाई ग्रीनल्यान्डका दलहरूको जवाफ– हामी अमेरिकी बन्न चाहँदैनौँ

अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्ड नियन्त्रणमा लिन बल प्रयोग गर्ने संकेत गरेपछि त्यहाँका दलहरूको साझा धारणा छ, ‘हामी अमेरिकी बन्न चाहँदैनौँ र पूर्ण रूपमा डेनिस पनि रहन चाहँदैनौँ, बरु हामी ग्रीनल्याण्डवासीका रूपमा आफ्नो स्वतन्त्र पहिचान बनाउन चाहन्छौँ।’

धनुषाको सतलोक आश्रममा झडप हुँदा केही व्यक्ति घाइते

घाइतेहरूलाई उपचारका लागि प्रहरीले जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घाइतेहरूको यकीन संख्या र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

उज्यालो नेपालसँगको सहकार्य अन्त्य भएको रास्वपाको निष्कर्ष

सैद्धान्तिक असहमति र पद बाँडफाँटमा कुरा नमिल्दा उज्यालो नेपाल र रास्वपाबीचको सहकार्यको सम्भावना तत्कालका लागि अन्त्य भएको रास्वपा प्रवक्ता मनिष झाले बताएका छन्।

अफगानिस्तानमा खानीमा निसास्सिएर ४ मजदुरको मृत्यु

प्रहरीका अनुसार भूमिगत कार्यस्थलभित्र विषाक्त ग्यास जम्मा भएपछि मजदुरको निसास्सिएर मृत्यु भएको हो।

रुद्राक्षको खेती [तस्वीरहरू]

धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण मानिने रुद्राक्ष भोजपुरका किसानको आम्दानीको प्रमुख स्रोत बनेको छ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति दाहालको निधन

मैतीदेवीस्थित निवासमा रहेका ८४ वर्षीय दाहाललाई हृदयाघात भएपछि वीर अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको हो।

२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

तराईका अधिकांश स्थानमा बिहान‍ैदेखि हुस्सु

कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मुख्यतया सफा रहेको छ।