टासीगाउँमा प्रायः घरमा हिमाल आरोहणका लागि व्यावसायिक गाइड छन्। यहाँ व्यवस्थित होटल, हेलिप्याड, स्वास्थ्य चौकी छ। भरिया पनि सहजै पाइन्छ।
काठमाडौँ– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर हिँड्न चाहनेका लागि संखुवासभाको मकालु पदमार्ग उपयुक्त छ।
पर्यटकहरू यस पदमार्ग प्रयोग गरेर तुम्लिङटार वा खाँदबारीबाट आठ दिनमा मकालु आधार शिविर पुग्छन्। फर्किन भने तीन दिन मात्र लाग्छ।
मकालु हिमाल मकालु–वरुण राष्ट्रिय निकुञ्जमा पर्छ। पदमार्ग पनि निकुञ्ज क्षेत्रमा पर्छ। २ हजार १०० मिटर उचाइमा शेर्पा जातिको बसोबास रहेको टासीगाउँ आफैमा सुन्दर छ।
बास बस्नका लागि ठाउँ ठाउँमा होटल भने खुलेका छन्। पदयात्रीहरू सेदुवा, टासीगाउँ, खोंमाडाँडा, दोबाटे, याङ्लेखर्क, लाङमाले हुँदै मकालु आधार शिविर पुग्छन्। यात्रामा सिप्टन्ला भन्ज्याङ (४,२५६ मिटर) पार गर्नुपर्छ।
टासीगाउँमा प्रायः घरमा हिमाल आरोहणका लागि व्यावसायिक गाइड छन्। यहाँ व्यवस्थित होटल, हेलिप्याड, स्वास्थ्य चौकी छ। भरिया पनि सहजै पाइन्छन्।

टासीगाउँबाट सात घण्टा घना जंगलको उकालो बाटो चढेपछि ३ हजार ६६० मिटर उचाइको खोङडाँडा पुगिन्छ, जहाँ दुई घर मात्र छन्। यहाँबाट कुम्भकर्ण हिमशृंखला, कञ्चनजंघा हिमाल र मकालुको मनमोहक दृश्यलाई नजिकबाट नियाल्न सकिन्छ।
भोलिपल्ट सानो पोखरी, ठूलो पोखरी, सिप्तन्ला भन्ज्याङ हुँदै दोबाटे पुगिन्छ। दोबाटेबाट वरुणको बगरै बगर छैटौँ क्याम्प याङ्ला खर्कमा बास बस्नुपर्छ।

याङ्ला खर्कबाट चार घण्टाको पदयात्रापछि ४ हजार ५०० मिटर उचाइमा रहेको लाङमाले क्याम्पमा बास बस्नुपर्छ। त्यहाँबाट चार घण्टा हिँडेर ५ हजार ९०० मिटर उचाइमा रहेको मकालु आधार शिविर पुगिन्छ। यहाँ टेन्टमै बस्नुपर्छ।
विदेशीका लागि यो पदमार्ग खुलेको आधा दशक मात्र भएको छ। गत वर्ष १ हजार ४१४ पर्यटक घुम्न आएको निकुञ्ज कार्यालयले जनाएको छ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
