निगम सञ्चालक समितिले पेट्रोलको मूल्य प्रतिलिटर ३ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू भएको छ।
निगम सञ्चालक समितिले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो। यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाइएको छ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार नेपालमा मूल्य समायोजन गरिएको निगम सञ्चालक समितिले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
