रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत

निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ११ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख १० हजार ७७३ मत प्राप्त गरेको छ।

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ४ लाख ३६ हजार ६७५ मत गणना भएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहान ११ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ। रास्वपाले ५० लाख १० हजार ७७३ मत प्राप्त गरेको छ। 

नेपाली कांग्रेसले १६ लाख ९४ हजार २९७, नेकपा एमालेले  १४ लाख १२ हजार ७६९ नेपाली कम्युनिस्ट पार्टीले सात लाख ६७ हजार ७३८ मत प्राप्त गरेको छ।

यसैगरी, श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४५० र  राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३०० मत प्राप्त गरेको छ।