जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार चुनावी मैदानमा उत्रिएका १४२ जना उम्मेदवारमध्ये १२८ जनाले आफ्नो जमानत जोगाउन सकेनन्।
काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा रौतहटका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कूल उम्मेदवारमध्ये झन्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार चुनावी मैदानमा उत्रिएका १४२ जना उम्मेदवारमध्ये १२८ जनाले आफ्नो जमानत जोगाउन सकेनन्। कानुनी प्रावधान अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी रकम राज्य कोषमा दाखिल भएको हो।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार रौतहट-१ मा कुल ३९ जना उम्मेदवार थिए, जसमध्ये ३४ जनाको जमानत जफत भएको छ। रौतहट-२ मा २६ उम्मेदवारमध्ये २३ जनाको धरौटी गुम्यो। यस क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारहरूले समेत न्यूनतम मत कटाउन सकेनन्।
यस्तै, रौतहट-३ मा सबैभन्दा धेरै ४० जना उम्मेदवार रहेको यस क्षेत्रमा ३७ जनाको जमानत जफत भयो। यहाँ नेपाली कांग्रेस, एमाले र नेकपा जस्ता ठूला दलका उम्मेदवारहरूकै धरौटी जफत भएको निर्वाचन अधिकारी दासले जानकारी दिए। रौतहट-४ मा भने ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको छ। यस क्षेत्रमा पनि एमाले, जसपा र आजपा जस्ता दलका उम्मेदवारहरूले १० प्रतिशत मत पुर्याउन सकेनन्।
निर्वाचन कार्यालयका अनुसार, प्रति उम्मेदवार १० हजार रुपैयाँका दरले कुल १२ लाख ८० हजार रुपैयाँ नेपाल सरकारको राजस्व खातामा जम्मा भएको छ। जमानत जोगाउन सफल भएका विजयी उम्मेदवारसहितका अन्य १४ जनाले भने नियमअनुसार प्रक्रिया पुर्याएर निवेदन दिएमा आफ्नो धरौटी रकम फिर्ता पाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
