निर्वाचन आयोगले धनुषा-१ बाट निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
काठमाडौँ- धनुषा-१ बाट निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। निर्वाचन अधिकृतको कार्यालयले सोमबार साँझ यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो।
निर्वाचन आयोगले रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरे पनि उनलाई आएको मतको लगत राख्न भनेको थियो। तर त्यसको अर्को दिन पुनः अर्को पत्र जारी गर्दै निर्वाचित भएकालाई प्रमाणपत्र उपलब्ध नगराउन र मतगणनाको परिणाम सार्वजनिक नगर्न आदेश दिएको थियो।
मातृकाप्रसाद यादवले १० हजार ४२८ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ र नेकपा (एमाले)का रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका थिए । रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भए पनि उनको चुनाव चिन्हमा झन्डै मातृकाले पाएको भन्दा दोब्बर मत परेको थियो।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पत्रको आधारमा मत परिणाम सार्वजनिक गरिए पनि निर्वाचित भएका यादवलाई प्रमाणपत्र दिन आलटाल गर्दै आएको थियो। रास्वपाका उम्मेदवार कमलको कालोसूचीसम्बन्धी मुद्दा अहिले सर्वोच्च अदालतमा चलिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
