AnonymousUser

Logout

मनकामना दर्शन गरी फर्किँदै गरेको माइक्रोबस दुर्घटनामा ६ जनाको मृत्यु

गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ६ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

यूएईको फुजैराह बन्दरगाहमा ड्रोन आक्रमण

खार्ग टापुमा भएको अमेरिकी आक्रमणको बदला लिने चेतावनी दिएलगत्तै इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजैराह बन्दरगाहमा ड्रोन आक्रमण गरेको छ।

उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु

जुम्लामा शिशु जन्माएकी २० वर्षीया अस्मिता नेपालीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा निधन भएको छ।

इन्धन र ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारीसाधनका लागि प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ।

जुम्लामा ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन दैनिक अभिलेख राख्ने निर्णय

अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण जुम्लामा ग्यास अभाव हुने त्रास बढेपछि स्थानीय प्रशासनले वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने निर्णय गरेको छ।

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम

नेकपा (एमाले)ले सचिवालय बैठकबाट समानुपातिकतर्फका १६ जना सांसदको नाम टुंगो लगाउँदै निर्वाचन आयोगमा पेश गर्ने निर्णय गरेको छ।

आईजीपी कार्कीलाई ‘नसिहत’ दिन जाँचबुझ आयोगको सिफारिस

भदौ २४ गतेको ‍जेन–जी प्रदर्शनीका बेला रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको कमान्डर रहेका आईजीपी दानबहादुर कार्कीले प्रहरी मनोबल गिराउने कार्य गरेको भन्दै जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेको छ।

युद्धका कारण इरानका ५६ संग्रहालय तथा ऐतिहासिक स्थल क्षतिग्रस्त

युद्धका कारण इरानका ५६ वटा संग्रहालय र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गोलेस्तान दरबारसहितका ऐतिहासिक स्थलहरूमा गम्भीर क्षति पुगेको छ।

इनिशा विकको न्यायका लागि सर्लाहीमा प्रदर्शन

सुर्खेतकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै सर्लाहीमा विरोध प्रदर्शन गरिएको छ।

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

सरकारले ऊर्जा आयात घटाउने र स्वदेशी कच्चापदार्थको उपयोग बढाउने लक्ष्यसहित पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याएको छ।

ढोरपाटनमा ४ हजार ६१७ जनालाई दादुराविरुद्धको खोप लगाइयो

बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका लागि शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ।

काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

प्राधिकरणले शनिबार सूचना जारी गर्दै जीर्ण पोल र लाइन व्यवस्थापनका लागि काठमाडौँका केही क्षेत्रमा विद्युत् सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको हो।

सर्लाहीमा स्कर्पियोको ठक्करबाट एक जनाको मृत्यु, ११ घाइते

सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ स्कर्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न सुर्खेत प्रशासनको चेतावनी

जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा इन्धनको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनी दिएको छ।

कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

इराकमा अमेरिकी सैन्य विमान दुर्घटना, चालक दलका ६ जनाको मृत्यु

इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेनाको इन्धन भर्ने विमान दुर्घटना हुँदा चालक दलका ६ जनाको मृत्यु भएको छ। यस घटनासँगै जारी इरान-अमेरिका द्वन्द्वमा परी ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगे छ।

झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन मौसम बदली रहने

पछिल्लो २४ घण्टामा झापामा १२९ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ भने अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

इरान द्वन्द्वमा फसेका आप्रवासीको उद्धार गर्दै संयुक्त राष्ट्रसंघ

यूएनएचसीआरका अनुसार इरानमा ३२ लाख मानिस विस्थापित भएका छन्। उनीहरूमध्ये शरणार्थी परिवारहरू विशेष रूपमा बढी जोखिममा छन्, जसको अवस्था पहिले नै अनिश्चित थियो र सहयोगको पहुँच पनि सीमित छ।

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा

तुइन खोला लगायतका स्थानमा माथिबाट ढुंगा खस्दा अवरुद्ध भएको सडक केही समयअघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको मुद्दामा आइतबार सुनुवाइ हुने

रास्वपाबाट धनुषा क्षेत्र नं १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ।