घरेलु क्रिकेटको एक मात्र बहुदिवसीय प्रतियोगिता जय ट्रफी खेल्ने खलाडी लामो समय क्रिजमा अडिन बिस्तारै अभ्यस्त हुँदैछन्। यो सिकाइले टेस्ट मान्यताको लक्ष्यमा हिँडेको नेपाललाई गन्तव्यमा पुर्याउन सक्ला?
नेपालले तेस्रो टी२० विश्वकप खेलिरहँदा १२ वर्षयता कुनै पनि खेल जितेको छैन। अहिलेसम्म विश्वकपमा १० खेल खेल्दा दुईमा जित, सातमा पराजित र एउटा खेल रद्द भएको छ।
एउटा प्रश्न चाहिँ अघिल्लो पुस्तकमा झैँ दोहोरिएर आयो, यी डाक्टर बिरामी जाँचेपछि उसलाई पछ्याएर कथा लिन्छन् कि, बिरामी नै डाक्टरलाई आफै कथा बताउन थाल्छन्?
यो कथा नेपाली क्रिकेटको मात्र होइन, पुबुदु दासानायकेको मात्र पनि होइन र अमेरिकी क्रिकेटको मात्र त हुँदै होइन। तर यी तीनै पक्षको कथा हो, जसलाई पुबुदुले नै जोडेका छन्।
चोक र बाटोतिरै दिसापिसाप फ्याँक्ने, इनार खुला राख्ने, झिँगा भन्किएका खानेकुरा बेच्नेजस्ता कारण काठमाडौँलगायत ठाउँमा २०१५ सालमा फैलिएको हैजा नियन्त्रण गर्न सरकारलाई हम्मे परेको थियो।
सात वर्षअघि नेपाललाई ओडीआई मान्यतासम्म पुर्याउने क्यानडाविरुद्धको खेलकै झल्को दिने गरी स्कटल्यान्डविरुद्ध ब्याट र बलबाट सनसनीपूर्ण प्रदर्शन गरेका करणले १३ पटक तीन वा त्योभन्दा धेरै विकेट लिएका छन्।
२०३७ सालमा नवौँ संस्करण प्रकाशन भएको ‘सामान्य ज्ञान: डाइजेष्ट’ का लेखक नेत्रबहादुर थापा र पीआर प्रधान हुन्। वास्तवमा यो किताबका मूल लेखक नेत्रबहादुर थिए र उनको मृत्युपछि परशुको नाम जोडियो।
मोहनविक्रम सिंहले चार वर्ष जलजलालाई प्रेम गरे। प्रेम वियोगमा टुंगियो। त्यही प्रेमका कारण पार्टीबाट निष्कासित हुनुपर्यो र त्यही प्रेमका कारण जन्मियो ५ लाख शब्दको भीमकाय उपन्यास।
ढुंगामाटोले बनेको महाकवि देवकोटा बस्ने घर २०७२ सालको भूकम्पले क्षति पुर्याए पनि संरक्षण गर्न सकिने विज्ञहरूको सुझाव बेवास्ता गरेर प्रज्ञा प्रतिष्ठानले जगैदेखि भत्काई लिफ्टसहितको आधुनिक भवन बनाएको छ।
प्रतिलिपि अधिकारसमेत विवादमा परेको प्रज्ञा प्रतिष्ठानको पछिल्लो शब्दकोशमा विभिन्न शब्दका जातीय तथा साम्प्रदायिक अपमान हुने अर्थ र परिभाषा सच्याइएको छैन। बरू, उल्टै केही विशेषण थपिएका छन्।
भोलिपल्ट ब्युँझदा उनी कुनै घरभित्र थिए। नजिकै ओछ्यानमा एक जना ‘फुच्चे’ पनि सुतिरहेको। त्यो फुच्चेलाई उठाए र आफू कहाँ छु भन्ने जान्न चाहे। फुच्चेले जवाफ दियो, “नयाँ सडकको प्रहरी चौकी।”
१९९७ सालमा मृत्युदण्ड पाएका चारै शहीदलाई सजाय कार्यान्वयन गर्ने जिम्मा तत्कालीन पुलिस ठानाका तालुकवाला जर्नेल नरशमशेरले पाएका थिए। मृत्युदण्ड पाउने चार शहीदमध्ये तीन जना नेवार हुन्।
१९९७ सालमा मृत्युदण्ड पाएका चारै शहीदलाई सजाय कार्यान्वयन गर्ने जिम्मा तत्कालीन पुलिस ठानाका तालुकवाला जर्नेल नरशमशेरले पाएका थिए। मृत्युदण्ड पाउने चार शहीदमध्ये तीन जना नेवार हुन्।
जनकमानले ‘कुचिकारहरूलाई भित्र पस्न दिनू’ भन्ने आदेश दिए। यो निकै क्रान्तिकारी कदम थियो। यो कदमबाट नगरपालिकामा काम गर्ने कथित उपल्लो जातिका कर्मचारी रिसले चुर भए।
जनकमानले ‘कुचिकारहरुलाई भित्र पस्न दिनू’ भन्ने आदेश दिए। यो निकै क्रान्तिकारी कदम थियो। यो कदमबाट नगरपालिकामा काम गर्ने कथित उपल्लो जातिका कर्मचारी रिसले चुर भए।
संसदीय निर्वाचनमा ४१ वर्षदेखि नुवाकोटबाट निरन्तर उम्मेदवार बनिरहेका अर्जुननरसिंह केसी नवौँपटक प्रतिस्पर्धामा छन्। उनी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै व्यवस्थामा लाभ लिने नेता हुन्।
आन्तरिक किचलोका कारण २०५६ सालमा कृष्णप्रसाद भट्टराईको जमानत जफत भएको काठमाडौँ–१ मा २०६४ सालको संविधानसभा निर्वाचन जितेर प्रकाशमानले पहिलोपटक कांग्रेस झन्डा गाडेका थिए।
कांग्रेसबाट चुनाव हार्नेमा महामन्त्री सूर्यप्रसाद उपाध्याय, प्रचार विभाग प्रमुख कृष्णप्रसाद भट्टराई, पूर्वमहामन्त्री महेन्द्रविक्रम शाहलगायत थिए। कतिपय उम्मेदवारलाई बागी उम्मेदवारले पराजित गरेका थिए।