प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
जिल्ला सदरमुकाम खलंगास्थित महेन्द्र नमूना माविको भवनमा मतगणना भइरहेको छ। शुरूमा जिल्लाको व्यास गाउँपालिका-२ बाट मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. ३ को जारी मतगणनामा रास्वपाका उम्मेदवार जगत जोशीले अग्रता लिएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक ७ क्षेत्रको मतपरिणाम अनुसार रास्वपाका चार, कांग्रेसका दुई र नेकपाका एक उम्मेदवार विजयी भएका छन्। जारी मतगणनामा रास्वपा १०८ स्थानमा अगाडि छ।
एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ को जारी मत गणनामा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले एमालेका उम्मेदवार केपी शर्मा ओलीसँग १० हजार ५०० भन्दा बढीको मतान्तरसहित अग्रता कायम राखेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मत गणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।
संखुवासभाका विकट चारवटा मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम ल्याइएको छ।
भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको छ।
निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार ११, नेकपाका उम्मेदवार १० र कांग्रेसका उम्मेदवार ९ स्थानमा अग्रस्थानमा छन्।
ताप्लेजुङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता लिएका छन्।
पछिल्लो मत परिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ।
राप्रपाका उम्मेदवार ज्ञानेन्द्रबहादुर शाही निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ४५८ मतले अगाडि छन्।
हालसम्मको मतगणनाअनुसार प्रतिनिधिसभाका ९४ निर्वाचन क्षेत्रमा रास्वपा अग्रस्थानमा छ।
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलले १८,५३९ मतसहित अग्रता कायम राखेका छन् भने एमालेका विष्णुप्रसाद पौडेलले ३,९९६ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नं. ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।
उदयपुर क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीका बलराज राईले अग्रता लिएका छन् भने नेकपाका उम्मेदवार सुरेश राई उनलाई पछ्याइरहेका छन्।
प्रतिकूल मौसमका कारण संखुवासभा, डोल्पा र गोरखामा मतपत्र ढुवानी हुन नसक्दा ती जिल्लाको मतगणना प्रभावित भएको छ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वपा ८१ स्थानमा अग्रस्थानमा छ भने नेकपा एमाले ८ र नेपाली कांग्रेस ६ स्थानमा अगाडि देखिएका छन्।
क्तपुर निर्वाचन क्षेत्र नं. २ मा रास्वपाका राजीव खत्री ८ हजार ५२० मतसहित पहिलो स्थानमा छन्।