AnonymousUser

Logout

दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीकै अरुचि, कसरी बन्ला चुनावी माहोल?

पुगनपुग पाँच महिनामा निर्वाचन गर्नुपर्ने भएकाले यतिबेला सरकार र दलहरु सँगसँगै देखिनुपर्ने हो। तर चुनावी सरकारका प्रधानमन्त्रीमै दलहरूसँग संवाद गर्ने तत्परता देखिँदैन।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, २ गम्भीर

मोटरसाइकलको पछाडि सवार अर्घाखाँचीकी १८ वर्षीया दीपा बेल्बासे र गुल्मीका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्।

तोलामा साढे २ लाख रुपैयाँ नाघ्यो सुन

छापावाल सुन बुधबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ।

सिँचाइका रुग्ण ठेक्का तोड्न शुरू, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै

सिँचाइ विभागअन्तर्गत भेरी बबई तथा सुनकोशी मरिणसहित २५ आयोजनाका ठेक्का रुग्ण छन्। त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।

अन्नपूर्ण पदमार्गमा सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

पदयात्राका क्रममा दुई दिनसम्म सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा समस्या हुने गरेको छ।

ओमानलाई पराजित गर्दै नेपाल विश्वकप छनोटको उपाधिनजिक

प्रतियोगितामा अपराजित नेपाल ८ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। पहिलो पराजय बेहोरेको ओमानको ६ अंक छ।

पेट्रोलको मूल्य घट्यो

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्य नबढाएको निगमले जनाएको छ।

पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टाको युद्धविराम सहमति

पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्वीरहरू)

विपिन जोशीको सम्झनामा काठमाडाैँको माइतीघर मण्डलमा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

नेपाल तेस्रोपटक टी२० विश्वकपमा

नेपालले तेस्रोपटक टी२० विश्वकपमा स्थान बनाएको छ। यूएईले समोआलाई पराजित गरेसँगै नेपाल अन्तिम दुई खेलअघि नै विश्वकपमा स्थान बनाउन सफल भएको हो।

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

खण्डहर बस्तीमा ठिंग उभिएको हुँडार, यो वर्षको वन्यजन्तु फोटोग्राफर पुरस्कार डेन हीभरलाई

'घोस्ट टाउन भिजिटर' नाम दिइएको यो विशेष तस्बीर खिच्न आफूलाई दश वर्ष लागेको उनले बताएका छन्।

विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले आज जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ।

नेप्सेसँगै घट्यो कारोबार रकम

समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट तहमा कारोबार भएको छ।

सभामुख घिमिरे र राजनीतिक दलका प्रतिनिधिबीच छलफल

छलफलमा सभामुख घिमिरेले अहिलेको परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफ्नो महत्त्पूर्ण भूमिका रहने जनाउँदै त्यसका लागि सबै दलको आवश्यक सहयोगको अपेक्षा व्यक्त गरे।

सामाजिक सञ्जालमा बदलिएका बालेनः सकारात्मक पोस्टमा पनि किन भइरहेछ आलोचना?

असोज ५ यता शनिबार र दशैँको बिदाबाहेकका १६ दिनमा बालेन शाहले १५ दिन सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनका अधिकांश पोस्टमा महानगरका कामबारे उल्लेख छ।

एमाले महाधिवेशन मंसिर २७–२९ मा गर्ने प्रस्ताव

ललितपुर भनिमण्डलस्थित रामबाग महलमा बुधबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गरेका छन्।

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

पर्खाल भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए। उनीहरूमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

इटलीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’

इटलीमा प्रवासीहरू गरिबीबाट अझ बढी प्रभावित रहेको अध्ययनले देखाएको छ। प्रवासी परिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्।