युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने निर्णयले रुसलाई युद्धका लागि आर्थिक स्रोत उपलब्ध गराउने भन्दै आलोचना गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेल निर्यातसम्बन्धी प्रतिबन्धमा दिइएको छुटले रुसको आक्रमणलाई थप सहयोग पुग्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले रुसी तेल खरिदबाट प्राप्त हुने रकम युद्धमा खर्च भइरहेको उल्लेख गरेका छन्।
अमेरिकी प्रशासनले हालै रुसी तेल तथा पेट्रोलियम पदार्थलाई समुद्रमार्फत बिक्री गर्न दिइएको अनुमतिलाई एक महिनाका लागि थप विस्तार गरेको थियो। यो निर्णय मध्यपूर्वको द्वन्द्वका कारण बढेको ऊर्जा मूल्य नियन्त्रण गर्ने उद्देश्यले चालिएको बताइएको छ। तर, यसअघि अमेरिकी अर्थ मन्त्रालयले यस्तो छुट नवीकरण नहुने सङ्केत दिएको थियो।
जेलेन्स्कीका अनुसार हाल समुद्रमा ११० भन्दा बढी रुसी ट्याङ्करहरू प्रतिबन्धको बेवास्ता गर्दै कच्चा तेल बोकेर हिँडिरहेका छन्, जसमा करिब एक करोड २० लाख टन तेल रहेको अनुमान छ। उनले प्रतिबन्ध खुकुलो हुँदा ती स्रोत बिक्री भई रुसले १० अर्ब डलर आम्दानी गर्न सक्ने दाबी गरे। उक्त रकम युक्रेनविरुद्धको आक्रमणमा प्रयोग हुने उनको भनाइ छ।
उनले पछिल्लो एक सातामा रुसले दुई हजार ३६० भन्दा बढी ड्रोन, एक हजार ३२० भन्दा बढी निर्देशित हवाई बम र ६० मिसाइल युक्रेनी सहरहरूमा प्रहार गरेको जानकारी दिए। यसै क्रममा उत्तरी सहर चेर्निहिभमा भएको आक्रमणमा एक किशोरको मृत्यु भएको र चार जना घाइते भएका छन्।
राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रुसी तेल ढुवानी रोक्न र ट्यांकरहरूलाई बन्दरगाहमा प्रवेश गर्न नदिन कडा कदम चाल्न आग्रह गरेका छन्। रुसी तेल निर्यात घटाउन सके मात्र आक्रमणकारीको क्षमता कमजोर पार्न सकिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
