देवचुली नगरपालिका क्षेत्रमा सञ्चालित चौधरी ग्रुप अफ इन्डस्ट्रियल पार्कसहितका कम्पनीले प्रदूषित पानी विसर्जन गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा हुनसक्ने जनधनको क्षति कम गर्न चौबिसै घण्टा पूर्वसूचना प्रणाली र विशेष बुलेटिनसहितको आपत्कालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।
बिहीबार नेप्से परिसूचक ३३.८३ अंकले घट्दा नौ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय समय पालना नगर्ने ६३२ कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ।
श्रम स्वीकृति नलिइ रोजगारीका लागि कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड नजान दूतावासले अनुरोध गरेको छ।
समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ।
जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुगेर राहदानी उपलब्ध गराउन थालेको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएकाले मूल्या समायोजन गरिएको निगमले जनाएको छ।
कुनै बेला विदेशबाट आयात गरेको लसुन र पोस्तादाना भारततिर चोरी निकासी हुन्थ्यो। त्यसपछि सुपारी, मरिच, केराउ र छोकडा तस्करी भयो। पछिल्लो समय खरबुजाको बीउ आयात गरेर भारततिर अवैध निकासी भइरहेको छ।
सन् २०२० को नोभेम्बर ११ मा शुरू भएको आयोजना २०२३ को मे १० भित्रै सकिसक्नु पर्ने हो। तर अझै पनि सडकको बेस निर्माणको काम समेत सकिएको छैन।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका किसान रबि नेपालले विगत १३ वर्षदेखि एउटै जमिनमा चिया, रबर, नरिवलसहित २७ प्रजातिका नगदेबाली उत्पादन गर्दै आएका छन्।
अमेरिका र इरानबीचको कूटनीतिक संवादमा सकारात्मक संकेत देखिएपछि पाकिस्तानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले इस्लामाबादमा दोस्रो चरणको वार्ताका लागि प्रस्ताव अघि सारेको छ।
साझा यातायातले काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहको सहयोगमा आजदेखि राति ११ बजेसम्मका लागि रात्रिकालीन विद्युतीय बससेवा सञ्चालनमा ल्याउन लागेको छ।
निर्वाचनमा सहभागी ६ वटा राष्ट्रिय मान्यताप्राप्त दलका घोषणापत्रहरूलाई संश्लेषण गरी तयार पारिएको १८बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सरकारले सुझावका लागि सार्वजनिक गरेको छ।
नयाँ वर्षको पहिलो दिन हिलो खेलेर मनाइने मिथिलाको प्राचीन जुडशीतल पर्व यस वर्ष महोत्तरीमा खानेपानीको मुहान सुकेसँगै पानीको चरम अभावका कारण खल्लो बनेको छ।
चैत २९ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा ललितपुरस्थित बीएन्डबी अस्पतालमा मंगलबार मृत्यु भएको छ।
ती देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको जलडमरूममा बढ्दो तनाव विरुद्ध चेतावनी समेत दिएका छन्।
लेयर्स कुखुरापालक सङ्घले फार्महरूको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो।
विभागका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लामा मौसम सामान्यतया सफा रहेको छ।