रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्डोमा परेर मृत्यु भएको हो।
भदौ २४ को विध्वंशमा करिब ८० अर्ब बराबरको नोक्सानी भएको उद्योग वाणिज्य महासंघको आकलन छ। उद्योग, व्यवसायीप्रति कतिपय मिडिया र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रम पनि यसमा जिम्मेवार भएको व्यवसायी बताउँछन्।
इजरायलका लागि नेपालका राजदूतले सोमबार रिहा हुने जीवित २० बन्धकको सूचीमा विपिन जोशीको नाम नरहेको बताएका छन्।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
इजरायलले पनि रिहा गरिने प्यालेस्टिनी कैदीहरूको नाम अनुमोदन गरेको छ। अबको केही बेरमा हमासले बन्धकहरुलाई छाडेपछि इजरायलले पनि प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गर्ने बताइएको छ।
जेनजी–विद्रोहको मौकामा ठूलो संख्यामा कैदीबन्दी फरार रहेका र प्रहरीका हतियार पनि लुटिएको अवस्था जनाउँदै भारतले सीमावर्ती तथा आवागमन नाकामा निकै कडाइ गर्न थालेको छ।
इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएअनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्।
सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए।
सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।
छानबिन समितिले विवरण प्राप्त हुन नसकेको काठमाडौँ उपत्यकाभित्रका अचल सम्पत्ति र उपत्यकाबाहिर रहेका त्रिविका जग्गा तथा अचल सम्पत्तिको खोजबिनका लागि थप अध्ययन गर्नुपर्ने सुझाव पनि दिएको छ।
कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भागेर नफर्किएका कैदीबन्दीको नामावली र विवरण सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतले असोज २८ गते (मंगलबार)देखि रिट दर्ता र सुनुवाइ शुरू गर्ने भएको छ।
जाँचबुझ आयोगले 'जेनजी' प्रदर्शनका क्रममा राजनीतिक दल, संघसंस्था तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ।
धनुषा जिल्लाका १८ पालिकामध्ये ६ पालिकाका कर्मचारी तथा शिक्षक चाडपर्वको समयमा समेत तलब भत्ता पाउनबाट वञ्चित भएका छन्।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले यूएईलाई १ रनले पराजित गरेको छ।
इजरायलले बन्धकहरू मुक्त गरिएपछि अमेरिकी सहयोगमा गाजामा हमासका भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना अघि सारेको छ।
ठूला दलभित्र नेतृत्वप्रति विगतमा समेत असन्तुष्टि भए पनि पद नै छाड्न अहिलेजस्तो दबाब सिर्जना भएको थिएन। नेतृत्वको राजीनामा खोज्नेहरूलाई जेन–जी आन्दोलनले थप उर्जा दिएको छ।
पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरामाथि भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा थप अनुसन्धान भइरहेको सीआईबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए।
बेलायतको वेल्सस्थित ब्रेकनमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५’ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको छ।