कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बादल लागेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।


आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका  पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका पहाडी र तराई लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल  लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भूभागलगायत गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।