मिराज ढुंगानाले जेनजीलाई संगठित गर्न दल गठन गरे पनि, प्रत्यक्ष कार्यकारी शासकीय स्वरूप र विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्ने आफ्नो न्यूनतम शर्त पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार र चारवटै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्।
तीन महिनाको अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६.५१ प्रतिशत छ।
ह्वाइट हाउसमा भएको वार्ताका क्रममा रुस–युक्रेन युद्धका बारेमा कुराकानी भएको थियो। सो क्रममा ट्रम्पले युक्रेन र रुसलाई हालको सीमा रेखामा युद्ध रोक्न आग्रह गरेका छन्।
घाइतेमध्ये १३ जनाको नेसनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ।
लामो वर्षा हुँदा दशैँमा सडक बाढी पहिरोले अवरुद्ध भएका थिए। तिहार नजिकिएसँगै ग्रामीण सडक खुलेपछि स्थानीयलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ।
दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। राति देशभर मौसम मुख्यतया सफा रहनेछ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाका लागि २० अर्ब ८८ करोड, मनसुनबाट क्षतिग्रस्त संरचनाका लागि १ अर्ब ३ करोड, प्राविधिक सहयोगका लागि २८ करोड र जनशक्ति एकाइका लागि ५ करोड आवश्यक पर्ने अनुमान गरेको छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।
नेपालमा किसान परिवारको संख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ।
विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन महसुल बक्यौता रहेका पाँच उद्योगले शुक्रबारदेखि बक्यौता रकम तिर्न थालेका छन्।
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ उपत्यका छाड्न अनुमति दिए पनि विदेश भ्रमणमा लगाएको रोक भने यथावत् राखेको छ।
गत भदाै २४ मा सिंहदरबार जल्दा किन रोक्न नसकेको भन्ने प्रश्नको जवाफमा सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुप जंग थापाले मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्त्वपूर्ण भएको बताए।
गृह मन्त्रालयको दबाबपछि पक्राउ परेका २०० भन्दा धेरैलाई छाडेको प्रहरी भदौ २४ को विध्वंसमा संलग्न र जेन–जीका नाममा मनपरी गर्नथालेका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन फेरि सक्रिय बनेको छ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको हिंसाका कारण र तथ्य पत्ता लगाउन स्पष्ट अधिकारसहितको न्यायिक छानबिन आयोग गठन गरिएको जानकारी दिइन्। साथै, उच्चस्तरीय भ्रष्टाचारका आरोपमाथि विश्वसनीय र निष्पक्ष छानबिन आरम्भ गर्न लागेको पनि बताइन्।
मन्त्री घिसिङले पहिलो चरणको निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखेर बजेट अभाव हुन नदिने गरी विस्तारको दोस्रो चरण अगाडि बढाइने जानकारी दिए।
विज्ञहरूका अनुसार पृथ्वीको सतह तीव्र गतिमा तात्दै गएकाले स्थिति अझ जटिल बन्न सक्छ र हालका सबैभन्दा गरिब देशहरू नै यसको सबैभन्दा बढी मारमा पर्न सक्छन्।
सडकमा करिब चार फिटसम्म जमेको हिउँ तीन दिनको प्रयासपछि पन्छ्याइएको र त्यसपछि यातायात सहज बनेको पूर्वाधार कार्यालय प्रमुख नरेशराज जैसीले जानकारी दिए।
हिउँदका चार महिना बाक्लो हिमपात हुन्छ भने, वर्षामा म्याग्दीबाट जोमसोम पुग्ने खण्डको धेरै ठाउँमा पहिरोले सडक अवरोध गर्छ। त्यति मात्र नभई, नाकाको नेपालतर्फ भौतिक संरचना पनि बनाइएका छैनन्।
दोस्रो विश्वयुद्धमा जापानले एशियाली देशमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण मुरयामा विशेष रूपमा चिनिएका थिए।