यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायलतर्फ क्षेप्यास्त्र आक्रमण गरेको बताएका छन्।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत अतिविपन्न दलित बालबालिकाका लागि सञ्चालित अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षाले उनीहरूको सिकाइ र विद्यालयमा नियमितता बढाएको छ।
प्रधानमन्त्री कपमा गण्डकीले कोशीलाई ३९ रनले पराजित गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य क्षमता सुदृढीकरणका लागि एक दशकयताकै ठूलो रक्षा बजेट प्रस्ताव गर्दै घरेलु कार्यक्रमहरूको भार राज्य सरकारहरूले बेहोर्नुपर्ने नीति अघि सारेका छन्।
अबुधाबीको अब्जान क्षेत्रमा भएको घटनामा घाइते सात नेपालीमध्ये ६ जना उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइते एक जनाको अवस्था हाल खतरामुक्त रहेको छ।
अमेरिकाले पठाएको ४८ घण्टे युद्धविरामको प्रस्तावलाई इरानले बेवास्ता गर्दै सैन्य आक्रमणलाई जारी राखेको छ।
अहिले धेरै सहकारीहरू आपसी मिलेमतोमा सञ्चालन हुँदा समस्या आएको र नियमित कानुनी प्रक्रिया पूरा नगर्दा जोखिम बढेको कामपा सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ।
पश्चिम एसियामा जारी द्वन्द्वका तस्वीर र भिडियो पोस्ट गरी त्रास फैलाएको आरोपमा विभिन्न खाडी मुलुकमा ११ जना नेपाली कामदार पक्राउ परेका छन् भने परराष्ट्र मन्त्रालयले उनीहरूको कानूनी प्रतिरक्षाका लागि समन्वय भइरहेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा सैन्य कारबाहीको चेतावनी दिएको केही घण्टामै इरानले इजरायली शहरहरूलाई लक्षित गरी नयाँ क्षेप्यास्त्र प्रहार गरेको छ।
सर्वोच्च अदालतले वार्षिक परीक्षाको नतिजा नआउँदै र शैक्षिक सत्र शुरू नहुँदै विद्यालयहरूलाई नयाँ भर्ना नलिन र कानूनबमोजिम मात्र भर्ना प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ।
इरानमा कानूनी प्रक्रियामा रहेका नेपाली नागरिक अमृत झा सुरक्षित रहेको र पश्चिम एसियाको उडान अवरोधका कारण ३८ नेपालीको शव ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
धनुषाको लालगढमा सडक निर्माणमा अवरोध पुर्याई ठेकेदारसँग घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षकलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छन्।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।
देशभरका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जानाएको छ।
पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा चट्टान फुटाउने काम नसकिएकाले शुक्रबारदेखि पुनः तीन दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको छ।
वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएकी इनिशा विकको शव २७ दिनपछि परिवारले बुझेर भेरी नदीमा अन्त्येष्टि गरेका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।